मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज १ बुधबार १०:३१:००
Read Time : < 1 मिनेट
प्रदेश

 त्रिनगर–गौरीफन्टा नाकामा सहायता कक्ष

Read Time : < 1 मिनेट
२०७६ असोज १ बुधबार १०:३१:००

चाडपर्वका वेला आवागमनलाई सहज बनाउन कैलालीको त्रिनगर–गौरीफन्टा सीमा नाकामा नेपाल र भारतका सुरक्षा अधिकारीले संयुक्त नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएका छन् । 

नेपाल–भारत सीमारेखामा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वका वेला भारतबाट घर फर्कने नेपालीको सहज आवागमनका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको सुरक्षा अधिकारीहरूले बताएका छन् । यसले दुवै देशका नागरिकलाई नाकामा आवागमन गर्न सहज हुने बताइएको छ ।

सहायता कक्षमा बस्ने सशस्त्र प्रहरी र एसएसबी अधिकारीहरूले नाकामा आवागमन सहज बनाउन सहजीकरण गर्ने र कसैले समस्या भोग्नुपरेमा समन्वय गरेर समाधान गर्ने बताइएको छ । सशस्त्र प्रहरी बल नम्बर ५३ गुल्म राजस्व तथा धनगढी भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक भोलाप्रसाद कुसहवा र भारतीय सीमा सुरक्षा बलका असई मकवान राईले नागरिक सहायता कक्षको उद्घाटन गरेका छन् ।

भारतबाट घर फर्कने नेपालीले सीमामा दुःख नपाऊन् भनेर सहायता कक्ष सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी नायव उपरीक्षक कुसहवाले बताए । भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर सीमामा कुनै समस्या नहुने गरी आवागमनको व्यवस्था गरिएको उनले दाबी गरे ।

कसैले समस्यमा भोगेमा नागरिक सहायता कक्षमार्फत् तत्काल समाधान गरिने सशस्त्र प्रहरीले जनाएको छ । घर फर्कने नेपालीको सीमामा घुँइचो हुने भएकाले सहज आवागमनका लागि सशस्त्र प्रहरीले निरन्तर समन्वय गर्ने कुसहवाले बताए । 

भारतीयलाई पनि सहज
एसएसबीका असई राईले संयुक्त सहायता कक्ष सञ्चालनमा आएपछि नाकामा ओहोरदोहोर गर्ने भारतीय नागरिकलाई पनि सहज हुने बताए । दुवै देशका नागरिकलाई सहज आवागमनको लागि प्रयास गरिएको उनको भनाइ छ ।