मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज १ बुधबार १०:२१:००
Read Time : < 1 मिनेट
प्रदेश

पारिश्रमिकबाट ४३ विद्यार्थीलाई छात्रवृत्ति 

Read Time : < 1 मिनेट
२०७६ असोज १ बुधबार १०:२१:००

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले आफ्नो पारिश्रमिकबापतको रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन् । नगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४३ विद्यार्थीलाई सम्बन्धित विद्यालयको सिफारिसको आधारमा उनले छात्रवृत्ति प्रदान गरेका हुन् ।

नगरप्रमुख घिमिरेले गत वर्ष पनि आफूले एक वर्षमा प्राप्त गर्ने सम्पूर्ण पारिश्रमिक सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए । यो छात्रवृत्ति नगरका सम्पूर्ण सामुदायिक विद्यालयका एक÷एकजना विद्यार्थीले प्राप्त गरेका हुन् ।

छात्रवृत्ति वितरण तथा व्यवस्थापनका लागि नगरपालिकाले उप–प्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति गठन थियो । समितिको सिफारिसका आधारमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ५÷५ हजार, कक्षा ११ र १२ का विद्यार्थीलाई सात÷सात हजार रुपैयाँ वितरण  गरिएको हो । 

नगरप्रमुख घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र गरिब तथा जेहेन्दार विद्यार्थीलाई उत्साही बनाउन आफूले प्राप्त गर्ने पारिश्रमिक छात्रवृत्तिमा लगाएको बताए ।

चालू आर्थिक वर्षमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको तिलोत्तमाले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेको छ ।