मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज १ बुधबार ०९:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

त्रिपुरेश्वरस्थित महादेव मन्दिरको गजुर पुनर्स्थापना

Read Time : < 1 मिनेट
२०७६ असोज १ बुधबार ०९:४९:००

भूकम्पबाट ध्वस्त त्रिपुरेश्वरस्थित महादेव मन्दिरको गजुर पुनर्स्थापना गरिएको छ । मन्दिरको पुनर्निर्माण काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसअन्तर्गत संगीत विभागले गरिरहेको छ । विभागलाई थाई सरकारले आर्थिक सहयोग प्रदान गरेको छ । 

विभागका अनुसार भूकम्पबाट ध्वस्त मन्दिरको कुलमध्ये ८० प्रतिशत भाग निर्माण भइसकेको छ । विभागका सहायक प्राध्यापक एवं पुनर्निर्माण कार्यका संयोजक डा. लोचन रिजालले मन्दिरको करिब ८० प्रतिशत र समग्र गुरुयोजनाको करिब ३५ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए । विभागले त्रिपुरेश्वर महादेव मन्दिर, चारवटा सत्तल, पुजारी घर, मन्दिर परिसरको बगैँचा र पोखरी पुनर्निर्माण तथा संरक्षण गर्ने गरी गुठी संस्थानसँग सम्झौता गरेको छ । सन् १८१८ मा रानी ललित त्रिपुरासुन्दरीले श्रीमान् रणबहादुर शाहको सम्झनामा यो मन्दिर निर्माण गर्न लगाएकी थिइन् । 

गजुर पुनस्र्थापनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपालका लागि थाइल्यान्डका राजदूत भकाभत तानस्कुललगायतले अवलोकन गरेका छन् ।