मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज १ बुधबार ०८:४९:००
Read Time : < 1 मिनेट
खेलकुद

नेपाली क्रिकेट पहिलोपटक विदेशी च्यानलमा

Read Time : < 1 मिनेट
२०७६ असोज १ बुधबार ०८:४९:००

एभरेस्ट प्रिमियर लिग (इपिएल) को आगामी संस्करण भारतीय च्यानल डिस्पोर्टस्ले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यससँगै इपिएल विदेशी च्यानलबाट प्रत्यक्ष प्रसारण हुने नेपालको पहिलो घरेलु प्रतियोगितासमेत बनेको छ । 

यस सम्बन्धमा इपिएलले डिस्पोर्टस्सँग मंगलबार सम्झौता गरेको हो । डिस्पोर्टस् भारत केन्द्रित टेलिभिजन च्यानल हो, जसको प्रसारण भारत र त्यसवरिपरिका देशहरूमा हुने गर्दछ । डिस्पोर्टस् डिस्कभरी च्यानलले ६ फेब्रुअरी २०१७ मा सञ्चालनमा ल्याएको थियो । 

यससँगै नेपाली घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगिता अन्तर्राष्ट्रिय दर्शकसमक्ष पुग्ने विश्वास गरिएको छ । यसअघि नेपालको कुनै पनि घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगिता विदेशी च्यानलले प्रत्यक्ष प्रसारण गरेको थिएन । आयोजक जोरा स्पोर्टस् म्यानेजमेन्टले डिस्पोर्टस्सँगको सम्झौता रकम भने गोप्य नै राखेको छ । विदेशी च्यानलसँगको सम्झौतासँगै घरेलु र अन्तर्राष्ट्रिय दर्शकले उच्च गुणस्तरमा प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्न पाउने विश्वास गरिएको छ । इपिएलको आगामी संस्करण २९ फेब्रुअरीदेखि १४ मार्चसम्म हुँदै छ ।