मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज १ बुधबार ०८:२४:००
Read Time : < 1 मिनेट
खेलकुद

साफ यू–१८ आयोजना तयारी पूरा

Read Time : < 1 मिनेट
२०७६ असोज १ बुधबार ०८:२४:००

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१८ च्याम्पियनसिप यही शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै छ । नेपालले समग्रमा प्रतियोगिताको तेस्रोपटक आयोजना गर्न लागेको हो । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता आयोजनाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

नेपाल सहज समूहमा 
नेपाल प्रतियोगितामा तुलनात्मक रूपमा सहज समूहमा परेको छ । प्रतियोगिताको समूह एमा परेको नेपालका लागि भुटान र माल्दिभ्स प्रतिद्वन्द्वी छन् । समूह बीमा भारतसहित श्रीलंका र बंगलादेश छन् । समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले ३ असोजमा माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, ५ असोजमा भुटानविरुद्ध समूहगत चरणको अन्तिम खेल खेल्नेछ । 

नेपाल तेस्रोपटक उपाधि जित्ने लक्ष्यसहित तयारीमा जुटेको छ । नेपाली टोलीले यो प्रतियोगिताको दुईपटक उपाधि जितिसकेको छ । घरेलु मैदानमा दोस्रोपटक आयोजना हुन लाग्दा नेपालले उपाधिमाथि ह्याट्रिक गर्ने उद्देश्य बनाएको हो ।

एक करोड ९० लाख खर्च
आयोजक एन्फाले प्रतियोगिता सम्पन्न गर्न एक करोड ९० लाख रकम खर्च लाग्ने जनाएको छ । त्यसमध्ये एन्फाले साफबाट एक लाख ६० हजार डलर सहयोग प्राप्त गर्नेछ । बाँकी रकम भने एन्फा आफैँले व्यहोर्नुपर्नेछ ।

नेपाली टोली
गोलरक्षक– विशाल सुनार, सूर्य अधिकारी, पूजन होना, रक्षक– विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोहन दोङ, अलिक रुम्बा, एन्जल महर्जन, मिडफिल्डर– शिशिर लेखी, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनीष थापा, कौशल फुँयाल, नितिन थापा, स्ट्राइकर– ब्रिजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनीष डाँगी