मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ ३१ मंगलबार १८:५३:००
Read Time : < 1 मिनेट
समाचार

श्रीमती लिन प्रधानाध्यापक काज बिदामा अमेरिका पुगे

Read Time : < 1 मिनेट
२०७६ भदौ ३१ मंगलबार १८:५३:००

बाजुरा जिल्ला बडिमालिका नगरपालिका-७ स्थित लक्ष्मी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक कुसमराज पण्डित अमेरिकामा भएकी श्रीमती लिन काज बिदा लिएर अमेरिका पुगेका छन् । उनीलाई भाद्र ८ देखि २२ गतेसम्म विद्यालय व्यवस्थापन समितिले काज बिदा दिएकाे हाे । तर, उनकाे बिदा अवधि सकिसक्दा पनि फर्केका छैनन् । 

पण्डितले विद्यालयमा कुनै जानकारी नगरी अमेरिका पुगेकाे खबर आएको विद्यालयका शिक्षक लालचन्द्र जैसीले बताए । उनले भने, 'आफूलाई ८ गते देखि २२ गते सम्मका लागि निमित्त प्रधानाध्यापककाे जिम्मेवारी दिएकाले अहिले विद्यालय प्रअविहीन भएकाे छ ।'

विद्यालय प्रअविहीन बनेपछि प्रशासनिक कामदेखि पठनपाठन अवरुद्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झुमा खत्रीले बताए । उनले भने, 'प्रअ सर अमेरिका जानु भएकाे मलाई कुनै जानकारी छैन ।'

विद्यालय निरीक्षक रँगमल विकले शिक्षा निमावाली अनुसार विद्यालयको काम काजका लागि एक हप्ता बिदा दिने नियम रहेको बताए ।