१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ ३१ मंगलबार १७:३६:००
Read Time : < 1 मिनेट
समाचार

फरार रहेका अभियुक्त सात वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
२०७६ भदौ ३१ मंगलबार १७:३६:००

सिरहा प्रहरीले डाका मुद्दा अन्तर्गत कैद सजाय र जरिवाना सुनाइएका फरार अभियुक्तलाई सात वर्षपछि पक्राउ गरेको  छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहाको कर्जन्हा नगरपालिका २ बाट डाका मुद्दाका फरार अभियुक्त ५२ वर्षीय भोला मन्सुरीलाई पक्राउ गरी मंगलबार सिरहा जिल्ला अदालतमा बुझाएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको गस्ती टोलीले डाका मुद्दाका फरार अभियुक्त मन्सुरीलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका मन्सुरीको ठोगना भने खुलाइएको छैन । 

सिरहाको चन्द्रोदयपुर (हाल गोलबजार नगरपालिका ९) का  रहमत राईन र जमाहिर मियाँको किटानी जाहेरीको आधारमा २ साउन २०६९ मा भएको डकैतीमा मन्सुरीलाई अदालतले कैद सजाय र जरिवाना सुनाएको सिरहा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले बताए । उनका अनुसार अदालतले ३० वैशाख २०७१ मा मन्सुरीलाई दोषी ठहर गर्दै छ वर्ष कैद सजाय र एक लाख ८० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । 

अदालतको फैसलाअघि नै धरौटीमा रिहा भएका मन्सुरी फैसला सुनाए लगत्तै फरार रहेको प्रहरीले जनाएको छ ।