Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस/एएफपी मनिला
२०७६ भदौ ३१ मंगलबार १४:५३:००
Read Time : < 1 मिनेट
विश्व

ट्रक चट्टानमा ठोक्किदा १५ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएफपी मनिला
२०७६ भदौ ३१ मंगलबार १४:५३:००

फिलिपिन्सको दक्षिणी भू–भागमा पर्ने कोटाबाटो प्रान्तमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

गुडिरहेको एउटा ट्रक चट्टानमा गएर ठोक्किएपछि सो दुर्घटना भएको स्थानीय प्रहरीले जनाएका छन् । टिबोली शहरको लम्सालोमे राजमार्गमा गुडिहरेको सो ट्रकमा २० व्यक्ति सवार रहेका थिए ।  

स्थानीय समय अनुसार मङ्गलबार बिहान १०ः ३० बजे सो ट्रक सडकबाहिरको चट्टानमा ठोक्किएर पल्टिएको थियो ।

दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य घाइते भएका छन् । 

दक्षिणी कोटाबाटोको प्रान्तीय प्रकोप र जोखिम न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख रोली डोआन एकिनाले मृतकहरूको संख्या १५ पुगिसकेको र घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको बताए ।