मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ ३१ मंगलबार १३:२६:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश समितिद्वारा लमजुङ कारागारको अनुगमन

Read Time : < 1 मिनेट
२०७६ भदौ ३१ मंगलबार १३:२६:००

गण्डकी प्रदेश सभाको प्रदेश मामिला समितिले लमजुङको कारागारको अनुगमन गरेको छ । समितिका सभापति कृष्ण थापाको नेतृत्वको पाँच सदस्यीय टोलीले सोमबार कारागारको अनुगमन गरेको हो । 

अनुगमनको क्रममा कारागारको क्षमता भन्दा निकै नै बढी कैदी बन्दी रहेको, कारागारको भवन भौतिक अवस्था निकै जीर्ण, कम्पाउण्ड वाल जीर्ण भएको पाइएको टोली प्रमुख थापाले बताए । उनले भने, कारागारमा खानेपानी, शौलाचय, भान्सा साघुँरो भएको, छाना चुहिने, खेलकुदका सामग्री तथा पत्रपत्रिकाको कमी, कारागारभित्र उत्पादन भएका सामग्रीको बजारको अभाव जस्ता समस्या रहेछ । 
 
टोलीलाई कारागार लमजुङका प्रमुख विष्णुप्रसाद पौडेलले कारागारको वस्तुस्थिति झल्कने १३ बुँदे स्थितिपत्र बुझाएका छन् । कारागार निरीक्षण लगत्तै प्रमुख जिल्ला अधिकारी भट्टराईको कार्यकक्षमा अन्तरक्रिया गरिएको थियो । उक्त कार्यक्रममा सहभागीहरूले कारागारको अवस्था सुधार्नुपर्नेमा जोड दिएका थिए । सांसद मधु अधिकारीले भ्रमणको विस्तृत प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई दिने र त्यो अनुसार उपलब्धि भए नभएको अनुगमन गर्ने जानकारी दिइन् ।

बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले कारागार स्तरोन्नतिका लागि संघीय र प्रदेश सरकारकाले चाहे कारागारको समस्या समाधान हुने बताए । साथै उनले सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।