१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३१ मंगलबार १२:५८:००
Read Time : < 1 मिनेट
समाचार

सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थालाई अर्थमन्त्रीको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३१ मंगलबार १२:५८:००

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आह्वान गरेका छन् । 

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाएर सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई सचेत गराएका हुन् । कर्मचारी संचय कोषको ५८ औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुकको आर्थिक गतिविधि बढेको, बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर पनि बढेको तथा राजनीतिक स्थायित्व पनि कायम भएकाले सेयर बजारमा लगानी बढाउन अति अनुकूल समय रहेको बताए । सेयर बजारमा लगानी बढाउन सके मुलुकको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

अर्थमन्त्री खतिवडाले मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न वित्तिय संस्थाहरुलाई निर्देशन दिए । उनले पूँजी बजारमा लगानी बढाउन सरकारले आवश्यक वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे ।