१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ ३१ मंगलबार ११:०५:००
Read Time : < 1 मिनेट
समाचार

लमजुङमा भूकम्पको धक्का

Read Time : < 1 मिनेट
२०७६ भदौ ३१ मंगलबार ११:०५:००

लमजुङमा मंगलबार विहान भूकम्प गएको छ । बिहान ९ बजेर ५३ मिनेटको समयमा ४ दशमलब ५ म्याग्निच्यूडको भूकम्प गएको हो । लमजुङको दोर्दी गाउँपालिका नौथरमा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट जनजीवनमा कुनै प्रभाव नपरेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए । जिल्लाको उत्तरको बाहुनडाँडादेखी दक्षिणको सुन्दरबजार क्षेत्रमा छोटो तर कडा झड्का  महसुस भएको सुन्दरबजारका सन्तोष पौडेलले बताए ।