Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : सामाजिक सञ्जाल
नयाँ पत्रिका काभ्रे
२०७६ भदौ ३१ मंगलबार १०:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

लुक्लाबाट काठमाडौं आउँदै गरेको ८ वटा हेलिकाेप्टर आकस्मिक अवतरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काभ्रे
२०७६ भदौ ३१ मंगलबार १०:२९:००

लुक्लाबाट काठमाडौं आउँदै गरेका ८ वटा हेलिकाेप्टर काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ । अविरल परेको वर्षाका कारण मौसममा खराबी आएपछि  चारवटा  पाँचखाल र ४ वटा नेपालथोकमा आकस्मिक अवतरण गरिएको काभ्रेका प्रहरी नायव निरीक्षक  दिपक गिरीले जानकारी दिए ।

कैलाश एयरलाइन्सको १ वटा, सिस्रिकको २ र मनाङको एक वटा गरी चारवटा पाँचखालमा अवतरण गरिएको हो । सिन्धुलीमा अवतरण गरिएको बारे पुष्टि नभएको प्रहरी नायव निरीक्षक दिपक गिरीले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।