१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३१ मंगलबार ०९:५१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी गर्नुस् आकर्षक फर्निचर डेकोरेसन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३१ मंगलबार ०९:५१:००


 

जेस्ना महर्जन
थ्रिडी इन्टेरियर डिजाइनर
इन्डेक्स फर्निचर नेपाल

सुन्दर घर बनाउने सबैको चाहना हुन्छ । अधिकांशमा आफ्नो घर सबैभन्दा राम्रो भएको हेर्न चाहने इच्छा हुन्छ । त्यसैले, पछिल्लो समय आन्तरिक सजावटमा लगानी गर्ने ट्रेन्ड बढ्दै गइरहेको छ । घर सानो ठूलो जस्तो भए पनि घरको यसलाई चिटिक्क बनाउन सकिन्छ ।

घरको सजावट कस्तो हुने भन्ने कुरा घरमा राखेका फर्निचरमा पनि निर्धारण हुन्छ । राम्रो देखाउन सामानको मूल्य होइन, छनोट र सजावटले प्रमुख भूमिका खेलेको हुन्छ । 

बैठक
कोठाको अवस्थिति हेरेर मध्यभागमा सोफा मिलाएर राख्नुपर्छ । त्यसको अगाडि टेबुल र सजावटका सामान राख्न सकिन्छ । यदि सानो कोठा भएमा सोफा मिलाएर कुनामा पनि राख्न सकिन्छ । अगाडिको भित्तामा टिभी र एकापट्टि भित्तामा दराज राख्न सकिन्छ । कोठाको आकारलाई ध्यान दिएर फर्निचर किन्नुपर्ने हुन्छ । यस्तै, घर कस्तो छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी हुन्छ । जस्तै, परम्परागत घरमा आधुनिक किसिमका सामान राख्दा नसुहाउन सक्छ । 

सुत्ने कोठा
सुत्ने कोठामा फर्निचरको संयोजन मिल्न जरुरी हुन्छ । पलङ धेरै ठूलो वा धेरै सानो आकारमा हुनुहुँदैन । चाहिनेभन्दा ठूलो आकारको भएमा ठाउँ धेरै ओगट्ने र कोठा भद्दा देखिन सक्छ । यस्तै, बेडरुममा राखिने दराजमा ऐना सकेसम्म राख्नुहुँदैन । वास्तुशास्त्र अनुसार बेडको सीधा अगाडि ऐना राख्नु राम्रो मानिँदैन ।

बेडरुममा सानो सोफा र टेबुल राख्न सकिन्छ । जसले गर्दा बाहिरबाट आएको व्यक्ति सीधै बेडमा बस्न पाउँदैन । बच्चाहरू सुत्ने कोठामा फर्निचर सकेसम्म हलुका राख्नुपर्छ । पढ्नका लागि हलुका खालको टेबुल र कुर्सी राख्न सकिन्छ । सकेसम्म बेडरुममा टिभी राख्नुहँदैन । रङको संयोजन मिलाउन सके बेडरुम आकर्षक देखिन्छ । जस्तै, कार्पेट र भित्ताको रङसँग मेल खाने फर्निचर किन्दा आर्कषक देखिन्छ । 

डाइनिङ कोठा
डाइनिङ टेबल किन्दा टेबुलको लम्बाइमा ध्यान दिनुपर्छ । घरमा स–साना बच्चा छन् भने मध्यम आकारको सेट लिनु राम्रो हुन्न । यसो हुँदा सानादेखि ठूला सबैले एकै ठाँउमा बसेर खान सकिन्छ । त्यस्तै कुर्सीहरू सानो साइजमा राख्न सकिन्छ, जसले धेरै ठाउँ नओगटोस् । कलरको संयोजन पनि मिलाउन सकिन्छ, जस्तै टेबुल सेतो रङको भएमा कुर्सी कालो रङको राख्न सकिन्छ ।