मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रविता श्रेष्ठ काठमाडाैं
२०७६ भदौ ३१ मंगलबार ०९:४१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

लिपस्टिक यसरी छानौँ

Read Time : > 1 मिनेट
प्रविता श्रेष्ठ काठमाडाैं
२०७६ भदौ ३१ मंगलबार ०९:४१:००
अप्सरा श्रेष्ठ,ब्युटिसियन

जसरी हाम्रो छालाअनुसार फरक– फरक क्रिम  प्रयोग हुन्छ, त्यसरी नै ओठमा प्रयोग हुने लिपस्टिक पनि फरक हुन्छ । एक व्यक्तिलाई  सुहाएको लिपस्टिक अर्कोलाई  नसुहाउन सक्छ । त्यसैले, हाम्रो अनुहारको रङ, उमेर, पहिरनको आधारमा लिपस्टिक छनोट गर्दा राम्रो हुन्छ ।

 उमेर समूहका आधारमा

  •  युवा अवस्थाका महिला जो (२० देखि ३५) वर्षको हाराहारीमा छन्, उनीहरूलाई धेरै डार्क कलरको लिपस्टिक सुहाउँदैन । हल्का रातो, पिंक र मरुन (कलेजी रङ)को लिपस्टिक लगाउनुपर्छ । डार्क कलरले उमेरभन्दा बढी अधबैँसे देखाउने कारण यस्ता गाढा रङका लिपस्टिक प्रयोग नगर्दा राम्रो हुन्छ । उमेर पुगेका महिलाले भने आफ्नो अनुहारको रङभन्दा केही डार्क लगाउनुपर्छ । 
  •  टिनएजर्सका लागि भने स्किन कलरको लिपस्टिक उपयुक्त हुन्छ । स्किन कलर अर्थात् छालाजस्तै रङ, जुन लगाए–नलगाएको थाहा खासै हुन्न । बजारमा पाइने बेबी लिपस्टिक अन्य लिपस्टिक यो उमेर समूहको लागि अझ प्रभावकारी हुन्छ । 
  •  गहुँगोरो तथा गोरो छालाका् लागि कालो र ब्राउन कलरको लिपस्टिक सुहाउने गर्छ । त्यस्तै, ओरेन्ज, पिंक कलर पनि राम्रो सुहाउने गर्छ । 
  •  कालो छालाका लागि लाइट कलरको प्रयोग उपयुक्त हुँदैन । लाइट कलरले अनुहारको चमकतालाई हाइलाइट गर्ने कारण कालो छालामा यो उज्यालो रङ उत्ताउलो देखिन्छ । त्यसैले आफ्नो रङभन्दा केही डार्क लिपस्टिक लगाउँदा राम्रो हुन्छ । जस्तै, रातो रङको भन्दा कलेजी रातो ‘मरुन’ कलरको लिपस्टिकले कालो छालालाई उज्यालो पार्छ । 

पहिरनका आधारमा

  •  पार्टीको वेलामा लेहेंगा, कुर्ता, साडीमा डार्क कलरका लिपस्किट प्रयोग गर्नुपर्छ । मेकअप र पहिरन हेबी नै हुने कारण हल्का रङको लिपस्टिक मेकअप र पहिरनअनुसार असुहाँउदो हुन्छ । 
  •  क्याजुअल पहिरनमा भने उज्यालो  लिपस्टिकले स्मार्ट देखाउँछन् । टिसर्ट, प्यान्ट, वाइपिस, टप्सजस्ता पहिरनमा लाइट पिकंलगायत हल्का रङ राम्रो देखिन्छ । 
  •  लिपस्टिक सकेसम्म म्याटमै राम्रो हुन्छ  म्याटयुक्त  लिपस्टिक अन्य लिपस्टिकभन्दा चाँडै  नहराउने, नबग्ने र खानापछि पनि रहने गर्छ ।  यो लिपस्टिक विभिन्न कलरमा उपलब्ध छ । 

कसरी चिन्ने ओरिजिनल र डुप्लिकेट लिपस्टिक ?
ओरिजिनल लिपस्टिकमा मुख्य स्टिकर हुन्छ । त्यसका साथै, ओरिजिनल लिपस्टिक निकै खुलेको हुन्छ । डुप्लिकेट लिपस्टिकको कलर उस्तै देखिए पनि ओठमा लगाउने क्रममा हल्का फिक्का देखिन थाल्छ । डुप्लिकेट लिपस्टिक लगाउँदा ओठका छाला टुक्रने, चाँडै हराउने, चिल्लो भएर बग्न समस्या हुन्छन् ।