मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडाैं काठमाडौं
२०७६ भदौ ३१ मंगलबार ०९:३८:००
Read Time : < 1 मिनेट
खेलकुद

बक्सिङका आठ खेलाडी छनोट

Read Time : < 1 मिनेट
काठमाडाैं काठमाडौं
२०७६ भदौ ३१ मंगलबार ०९:३८:००

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि बक्सिङतर्फ सोमबार आठ खेलाडी छनोट भएका छन् । आइतबार सम्पन्न छनोटबाट पुरुषतर्फ पाँच र महिलामा तीन खेलाडी छनोट भएको नेपाल बक्सिङ संघले जनाएको छ । महिला ४८ केजीको फाइनलमा आर्मीकी ललिता महर्जनले पुलिसकी दिवाना शेर्मालाई अंकका आधारमा ५–० ले पराजित गरिन् ।

महिला ५१ केजीमा एपिएफकी माला राई प्रदेश ३ की रोशनी राईलाई अंकका आधारमा ५–० ले हराउँदै छनोट भइन् । महिलाकै ६० केजीमा एपिएफकी संगीता सुनुवार छनोट भएकी छिन् । संगीताले आर्मीकी सविना श्रेष्ठलाई अंकका आधारमा ५–० ले पराजित गरिन् । 

पुरुषतर्फ ५२ केजीमा आर्मीका तेजबहादुर देउवा पुिलसका चन्द्रबहादुर थापालाई अंकका आधारमा ५–० ले पराजित गर्दै छनोट भए । पुरुष ६० केजी तौल समूहमा आर्मीका विमल रोकाले वाकओभर दिएपछि प्रदेश ३ का सनिल शाही छनोट भएका छन् ।

पुरुष ६४ केजीमा पुलिसका भूपेन्द्र थापाले आर्मीका सुरेश नेपालीलाई अंकका आधारमा ४–१ ले हराउँदै सागमा स्थान पक्का गरे । पुरुष ९१ केजीमा आर्मीका अर्जुन सिंगू एपिएफका गोकुल गुरुङलाई अंकका अधारमा ४–१ ले हराउँदै छनोट भएका छन् ।