Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी हङकङ
२०७६ भदौ ३१ मंगलबार ०९:०६:००
Read Time : > 2 मिनेट
विश्व

साउदी प्रशोधनस्थलमा ड्रोन आक्रमण : आकासियो कच्चा तेलको मूल्य

कति वृद्धि ?

Read Time : > 2 मिनेट
एजेन्सी हङकङ
२०७६ भदौ ३१ मंगलबार ०९:०६:००

साउदी अरबका मुख्य दुईवटा तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । यमनको हुथी विद्रोहीले शनिबार बिहान राज्य सञ्चालित आरामको कम्पनीका दुईवटा तेल प्रशोधन केन्द्रमा ड्रोन हमला गरेपछि तेलको मूल्य सोमबारदेखि १० प्रतिशतले वृद्धि भएको हो । सो आक्रमणपछि विश्वकै मुख्य तेल निर्यातक साउदीले तेलको निर्यातमा आधाभन्दा बढी कटौती गरेको छ ।

प्रतिदिन ५७ लाख  ब्यारेल कटौती
साउदी राजपरिवारका शक्तिशाली युवराज मोहमद बिन सलमानले आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको जानकारी दिएका छन् । ‘प्रमुख तेल प्रशोधनस्थलमा अतिवादी आक्रमणपछि कच्चा तेल उत्पादनमा दैनिक ५७ लाख ब्यारेल कमी आएको छ,’ उनले भने ।  यो परिणाम तेलको सम्राज्य भनेर चिनिने साउदी अधिराज्यले कुल उत्पादन गर्ने परिमाणको झन्डै आधा हो । अतिवादीको आक्रमणपछि साउदी अरबले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको थियो, जसका कारण विश्वभरि हुने आपूर्ति पाँच प्रतिशतले ले घटेको थियो ।

विद्रोहीको प्रतिकारले साउदी अर्थतन्त्र संकटमा
साउदी गठबन्धनले हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गरेको प्रतिशोधस्वरूप पछिल्ला महिना साउदी अरबका तेलकुवा र कारखानामा ड्रोन आक्रमण तीव्र भएको छ, जसका कारण साउदी अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ ।

हुथीको मिसाइल र ड्रोन हमलाबाट आफ्नो भूमि रक्षा गर्न कतै साउदी सरकार विफल भएको त होइन भन्ने प्रश्न त उठेकै छ, यसले साउदी अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने देखिन्छ । विद्रोहीले साउदीमाथि अत्याधुनिक उपकरणद्वारा अझै ठूला आक्रमण गर्ने चेतावनी दिनुले साउदीको तेलबजार पूर्वअवस्थामा फर्किन लामो समय लाग्ने र विश्व तेलबजार नै प्रभावित हुन थालेको विज्ञले बताएका छन् ।

पूर्ववत् अवस्थामाफर्कन हप्ताैँ लाग्छ
साउदी अरबले पूर्ववत् रूपमा तेल उत्पादन तथा निर्यात गर्न हप्तौँ लाग्न सक्ने विज्ञहरूले अनुमान गरेका छन् । तेल उत्पादन र निर्यात सामान्य अवस्थामा नफर्किएसम्म विश्वका विभिन्न मुलुकको तेलबजार प्रभावित हुनेछ । साउदी अरब संसारको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुक हो । आगलागी अगाडि उसले दैनिक ७० लाख ब्यारेलभन्दा बढी तेल निर्यात गथ्र्याे ।

विद्रोहीले होइन, इरानले आगो लगायो : अमेरिका
अमेरिकाले साउदी अरेबियाका तेल प्रशोधनस्थलमा आफ्नो परम्परागत दुस्मन मुलुक इरानले आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ड्रोन आक्रमण यमनबाट भएको भन्ने कुनै प्रमाण नभेटिएको दाबी गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सहयोगमा साउदी तेलमा आक्रमण भएको बताएका थिए । साउदी युवराज सलमानसँगको एक टेलिफोन वार्तामा ट्रम्पले त्यस्ता आक्रमणलाई निस्तेज गर्न साउदी सरकारसँग सहकार्य गर्न इच्छुक रहेको बताउँदै आएका छन् । उनले इरानमाथि अमेरिकाले सैन्य कारबाही गर्न सक्ने संकेत गरेका छन् । तर, अमेरिकी आरोपको इरानले खण्डन गर्दै आएको छ ।

हुथीले किन साउदीलाई  निसाना बनाउँछ ?
साउदी अरबले सन् २०१५ देखि नै यमनको सरकारलाई समर्थन गर्दै हुथी विद्रोहीविरुद्ध हवाई हमला तीव्र पारेको छ । आक्रमणमबाट यमनमा ठूलो जनधनको क्षति हुनुका साथै मानवीय संकट उत्पन्न भएको छ । इरानको समर्थन प्राप्त गरेको हुथी विद्रोहीले यमनको राजधानी सानासहित अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरेको छ । सन् २०१५ मा हुथी विद्रोहीले यमनका तत्कालीन राष्ट्रपतिलाई च्यूत गरी राजधानीबाट भाग्न बाध्य पारेपछि साउदी सरकारले हुथीविरुद्धको गठबन्धनको नेतृत्व गर्दै आएको छ ।

कति वृद्धि ?
ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १० दशमलव ६८ प्रतिशतले बढेर प्रतिब्यारेल ६६ दशमलव २८ डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमेडियट (डब्लुटिआई) ८ दशमलव ९ प्रतिशले बढेर प्रतिब्यारेल ५९.७५ अमेरिकी डलर पुगेको छ । यो युरोपेली देशको कच्चा तेलको मूल्य हो ।

वासिंटन पोस्टका अनुसार आइतबार ब्रेन्ट १८ प्रतिशत र डब्लुटिआई १५ प्रतिशले बढेको थियो । जसअनुसार प्रतिब्यारल ६० दशमलव १५ डलरबाट प्रतिब्यारेल ७०.९८ डलरमा कारोबार भएको थियो । तर, अमेरिकाले सञ्चित तेल वितरणको अनुमति दिएपछि मूल्यवृद्धिमा पनि समायोजन भएअनुसार सोमबार प्रतिब्यारेल ६६.२८ डलरमा कारोबार भएको छ ।