१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका नयाँदिल्ली
२०७६ भदौ ३१ मंगलबार ०९:०३:००
Read Time : < 1 मिनेट
विश्व

आन्ध्र प्रदेशमा डुंगा दुर्घटनामा ३९ बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका नयाँदिल्ली
२०७६ भदौ ३१ मंगलबार ०९:०३:००

भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा भएको डुंगा दुर्घटनामा १२ जनाको मृत्यु हुनुको साथै ३९ जना बेपत्ता भएका छन् । गोदावरी नदी पार गर्ने क्रममा डुंगा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

डुंगामा ७३ यात्रु रहेका र यसमा २६ जनालाई सकुशल उद्धार गरिएको एक स्थानीय प्रहरी अधिकारी आद्नान आज्मीले जानकारी दिए । डुंगा तथा हेलिकोप्टरमार्फत  हराइरेहका व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । खोजी अभियानमा भारतीय नौसेना र राष्ट्रिय विपत् व्यवस्थापन बल (एनडिआरएफ) पनि संलग्न छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री जोगान मोहन रेड्डीले डुंगा दुर्घटनामा केही पर्यटकको मृत्यु भएको र केही व्यक्ति बेपत्ता भएको पुष्टि गर्दै मृतकका परिवारलाई राहतस्वरूप दश लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले डुंगा दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले  घटनास्थलनजिक रहेका मन्त्रीहरूलाई उद्धार कार्यको अनुगमन गर्न निर्देशन दिएका थिए ।