१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका जुम्ला
२०७६ भदौ ३१ मंगलबार ०८:०२:००
Read Time : < 1 मिनेट
अर्थ

जुम्ला महोत्सवमा कृषि उपेक्षामा परेको गुनासो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका जुम्ला
२०७६ भदौ ३१ मंगलबार ०८:०२:००

कर्णाली प्रदेशको पर्यटकीय सहर जुम्लामा भदौ १९ देखि कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । तर, यस महोत्सवमा स्थानीय कृषिजन्य वस्तुको प्रवद्र्धनभन्दा चाउचाउ, मोटरसाइकललगायतका वस्तुको मात्र प्रचारमा बढी ध्यान दिएको स्थानीयले गुनासो गरेका छन् ।

१४औँ जिल्ला परिषद्बाट नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा भएको जुम्लामा यस महोत्सवले यहाँको रैथाने बाली, अर्गानिक उत्पादनले बजार पाउने आशा गरिए पनि उद्योग वाणिज्य संघ ठीक उल्टो गरेकोे पाइएको छ । मुख्य ब्यानरकै बीचमा पनि स्याउको, ओेखरको, सिमीको चित्र हुनुपर्नेमा आयोजकले वाइवाई चाउचाउकै प्रचार राखेको छ । 

कर्णालीकै लामो र ठूलो प्रादेशिक औद्योगिक महोत्सवमा करिब ८५ सय स्टल राखिएका छन् । महोत्सवमा राखिएका ८५ स्टलमध्ये खोज्दै जाँदा पनि अर्गानिक खाना पाउने स्टक भेटिँदैनन् । चारैतिर, ट्याक्टर, जिप, मोटरसाइकल, कपडा, चाउचाउका स्टल मात्रै छन् । गत वर्षको जस्तो अर्गानिक चिनो कागुनोको केक, आलुचिप्स, स्याउको जुस, जाम, चिनोको खिरलगायतका अर्गानिक परिकार यस वर्षको महोत्सवमा कुनै स्टल छैन । 

अर्गानिक वस्तुमा आधारित स्टलहरूमा अर्गानिक फापरको केक, कागुनाको खिर, जुम्ली मार्सी धानको चामल, सिमी, ओखर, चिनो, अर्गानिक सेलरोटी, कोदाका रोटी, आलुचिप्सलगायत गरी सय बढी अर्गानिक परिकारका स्टल एक पनि छैनन् ।

अर्गानिक बालीको प्रचार–प्रसारका साथै आर्थिक आम्दानीको स्रोतका रूपमा अर्गानिक वस्तुलाई लिए पनि अर्गानिक स्टलसमेत राख्न नपाएको चन्दननाथ नगरपालिकाकी रामलीला बुढ्थापाले बताइन् । उनका अनुसार चारैतिर वाइवाई, गोलमोल, रमपम चाउचाउ, गाडी, जस्तालगायत बाहिरी जिल्लाको मात्र प्रचार छ । 

उद्योग वाणिज्य संघले भने अर्गानिक वस्तु विस्थापित हुने गरी चाउचाउको व्यापाक प्रचार भएको गुनासो आएपछि र सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि मूलगेट बाहिरपट्टिको ब्यानर फेरेको छ ।