मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३० सोमबार २१:१९:००
Read Time : > 1 मिनेट
सप्तरंग

गोपाल पीको स्वदेशगान सार्वजनिक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३० सोमबार २१:१९:००

अर्थ मन्त्रालयका कर्मचारी गोपाल पी खनालकाे ‘हाम्रो देश नेपाल हो, हामी नेपाली...’ बोलको स्वदेशगान सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमममा खनालकाे गीत म्युजिक भिडियोलाई वरिष्ठ गीतकार रत्नशमशेर थापाले सार्वजनिक गरेका हुन् । खनालले देशभक्ति भाव कुँदेका उक्त स्वदेशगानमा कमल किरणको स्वर रहेको छ ।

गीत सार्वजनिक कार्यक्रमा बोल्दै गीतकार रत्न शमशेरले पछिल्ला समयका कतिपय गीतले भन्न खोजेको अर्थ नै नबुझ्ने बताए । ‘खास गरी गीतमा अर्थ, छन्द र गन्ध हुनुपर्छ’, गीतकार रत्नशमशेरले भने । खनालको स्वदेशगानको प्रशंसा गर्दै रत्नशमशेरले शव्द संगीत र स्वरको गतिलो संयोग भए मात्रै गीत उत्कृष्ट बन्ने उल्लेख गरे ।

प्रा.डा. गोविन्द पोखरेलले गीतले विभिन्न कारण हुन लागेको खण्डीकरणलार्य एकै ठाउँमा लिउनको लागि प्रेरणा मिल्ने बताए । ‘अहिले सबैभन्दा बढी युवा भएको देश हो नेपाल, युवाहरुले अहिलेको इभोलुसन गर्नुपर्छ’, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका पोखरेलले भने, ‘त्यसका लागि यो गीतलले प्रेरणा दिने छ ।’

संगीतकार बसन्त सापकोटाले पछिल्लो समय गीतकार र संगीतकारलाई ओझेलमा पार्न खोजिएकाप्रति दुःख व्यक्त गरे । उनले खनाललेको गीतले देशसँग आशावादी हुन सिकाउने उल्लेख गरे हाम्रो देश नेपालमा पनि सापकोटाकै संगीत रहेको छ ।

त्रिविका उपप्रध्यापक गोविन्द आचार्यले हाम्रो सृजनाहरु थाल ठटाउने जस्ता नभएर देशको बारेमा पनि गाउँनुपर्ने बताए । उनले भने, ‘अब डोजरतन्त्रको विरुद्धमा पनि गाउनुपर्छ ।’

त्यस्तै जनगायक तथा हाम्रा देश नेपालको भिडियो निर्देशक हेमराज आश्रमले आफुहरु नेपाली आमाको सेवक भएकाले यस्ता गीतहरु गाउँने र बनाउने उल्लेख गरे । आफुले मात्र देश प्रतिको मायाको लागि गीतको सृजना गर्ने पनि उल्लेख गरे ।

म नेपालीका गीतकार खनालले रुचीका कारण आफुले कार्यालयको समय छुट्टाएर गीत लेखनमा लागको बताए । खनालले गजल र मुक्तकमा लामो समयदेखि कलम चलाउँदै आएका छन् । खनालले भने, ‘यो गीत मैले भुकम्प गएलगत्तै लेखेको हुँ । नेपाललाई एकतामा बाँध्ने उद्देश्यले यो गीत लखेको हुँ ।’ पछि परेको राष्ट्रिय गीतको संख्या बढाउनका लागि सर्जकले ध्यान दिनुपर्ने उनले बताए ।