मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३० सोमबार १९:४८:००
Read Time : > 1 मिनेट
सप्तरंग

बुसान फिल्म फेस्टिभलमा ‘आमा खाण्डो’को वल्ड्र प्रिमियर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३० सोमबार १९:४८:००

मुस्ताङ्गी भाषाको पहिलो चलचित्र ‘आमा खाण्डो’ले २४ औं बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमार्फत वल्ड्र प्रिमियर गर्ने भएको छ । दक्षिण कोरियाको बुसानस्थित बुसान सिनेमा सेन्टरमा ९, १० र ११ अक्टुबरमा फिल्मको प्रदर्शनी हुने भएकाे हाे । 

त्यस्तै, फिल्म प्रदर्शनपछि मेकर्ससँग प्रश्नोत्तर कार्यक्रम हुनेछ । ‘अ विन्डो अन एशियन सिनेमा’ सेक्सनअन्तर्गत प्रिमियरका लागि ‘आमा खाण्डो’ फिल्म छानिएको हो । अक्टुबर ३ देखि १२ आयोजना हुने फेस्टिभलमा ८५ देशका तीन सय ३ वटा फिल्म प्रदर्शन हुँदै छ । जसमध्ये १ सय २० वटा फिल्मको वल्ड्र प्रिमियर (पहिलो प्रदर्शन) हुनेछ भने ३० वटा फिल्मको अन्तर्राष्ट्रिय प्रिमियर (विदेशमा पहिलो प्रदर्शनी) हुनेछ । 

हिमालपारीको जिल्ला मुस्ताङबाट जाडो छल्नका लागि शहरतर्फ लागेका यात्रुसँगै हिंडेकी एक आमाको संघर्ष कथा फिल्मको मुख्य विषय वस्तु हो । उनी आफ्ना छोरालाई राम्रो हेरचाह गर्ने व्यक्तिको जिम्मा लगाउन चाहन्छिन्, ताकि उसको भविष्य उज्वल होस् । 

 

फेस्टिभलमा ‘एशियन सर्ट फिल्म कम्पिटिसन’अन्तर्गत प्रविणकुमार रावतले निर्देशन गरेको कलम छानिएको छ । विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभलमध्येको एक बुसानमा विश्वभरका आइकोनिक फिल्ममेकर्सहरुले तयार गरेका फिल्म प्रदर्शन हुने गर्दछ । 

परी आमाको कथा

आमा खाण्डोको नेपाली अर्थ परी आमा भन्ने हुन्छ । 'मिडिया पोर्ट प्रडक्सन' र 'लुङ्गा आर्ट प्रडक्सन'को ब्यानरमा निर्माण गरिएको यस फिल्मको लेखन तथा निर्देशन डुन्डुप छिरिङले गरेका हुन् । उनी फिल्म निर्देशनमा पाइला राख्ने पहिलो मुस्ताङ्गी हुन् । फिल्म प्रविण टक्की कार्कीले निर्माण गरेका हुन् । 

हिमालपारीको जिल्ला मुस्ताङबाट जाडो छल्नका लागि शहरतर्फ लागेका यात्रुसँगै हिंडेकी एक आमाको संघर्ष कथा फिल्मको मुख्य विषय वस्तु हो । उनी आफ्ना छोरालाई राम्रो हेरचाह गर्ने व्यक्तिको जिम्मा लगाउन चाहन्छिन्, ताकि उसको भविष्य उज्वल होस् ।