मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
पक्राउ परेका पत्रकारहरू
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३० सोमबार १६:०९:००
Read Time : < 1 मिनेट
समाचार

सिंहदरबारबाट नौ जना पत्रकार पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३० सोमबार १६:०९:००

सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालसहित नौ जना पत्रकार पक्राउ परेका छन् । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत तीन जना पत्रकार निष्कासन गरिएको सम्बन्धमा पुर्नवहाली गर्न माग गर्दै पत्रकारहरू रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबार पुगेका थिए ।

पक्राउ पर्नेमा सचिव दाहालसहित, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, निस्कासन भएका पत्रकारहरू प्रकाश बम, चक्र कुँवर, दिलिप पौडेल र योगेन्द्र बलायर रहेका छन् ।

निष्कासन भएका पत्रकारहरूसहितको टोली वार्ता गर्न रेडियो नेपाल पुगेका थिए । रेडियो नेपालका कार्यकारी प्रमुख सुरेश कार्कीसँग वार्ता सफल नभएपछि नारा जुलुस लगाउँदै गर्दा पक्राउ परेको नेपाल पत्रकार महासंघका काेषाध्यक्ष राजेश मिश्रले जानकारी दिए । पक्राउ परेकाहरूलाई महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएकाे छ ।