मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ ३० सोमबार १३:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ज्ञानेन्द्र शाही प्रहरीमा कागज गरेर छुटे  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ ३० सोमबार १३:२६:००

पत्रकार सम्मेलनबाट पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले सोमबार थुनामुक्त गरेको छ । आगामी दिनमा कुनै खाले अभद्र व्यवहार नगर्ने सर्तमा उनलाई छाडिएको प्रहरीले जनाएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले विमान ढिला गराएको भन्दै नेपालगञ्ज विमानास्थलमा भएको विवादबारे शाहीले आइतबार ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा झडप भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

शाहीलाई सुध्रिने मौका दिएर छाडेको प्रहरीको भनाई छ । ललितपुर प्रहरी परीसरका एसएपी टेकबहादुर राईले आइन्दा झडपको अवस्था सृजना नगर्ने सर्त गराएर शाहीलाई नियन्त्रण मुक्त गरेको बताए ।

‘पत्रकार सम्मेलन गरेर झडप निम्त्याउने अवस्था नहोस भनेर हामीले सम्झाएर पठायौं,’ उनले भने, ‘सुरक्षा खतरा हुने अवस्थामा प्रशासनसँग समन्वय गर्न भनेका छौं ।’

प्रहरीले आइतबार शाहीको सुरक्षाकालागि नियन्त्रणमा लिएर परीसरमा राखिएको बताएको थियो ।

 

पत्रकार सम्मेलनमा तनाव भएपछि ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा