मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २९ आइतबार १३:१५:००
Read Time : < 1 मिनेट
समाचार

देशहरुबीच फाटो ल्याउने गतिविधि सरकारलाई स्विकार्य नहुने : परराष्ट्रमन्त्री ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २९ आइतबार १३:१५:००

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्विकार्य नहुने बताएका छन्र । 

उनले नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको स्पष्ट पारे । आइतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ डाईलग’ विषयक विचार गोष्ठीमा उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा दायाँबायाँ हुन नदिने दृढता व्यक्त गरे । मन्त्री ज्ञवालीले अमेरिका, चीन, भारत कुनै पनि मुलुकसँग इस्यूमा बहस गरेपनि उनीहरुसँग वैरभाव राख्ने पक्षमा सरकार नरहेको बताए । 

सरकारले नेपाल– चीन ‘क्रम बोर्डर इकोनोमिक जोन’ स्थापना गर्ने तयारी गरिरहेको उनले बताए । दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न पनि सरकारले बोर्डर एरियामा सो जोनको विकास गरेर आर्थिक गतिविधिलाई बढाउन चाहेको उनको भनाई छ ।

मन्त्री ज्ञवालीले सरकारले बाह्य लगानी भित्र्याएर पनि मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन चाहेको पनि बताए ।