१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ भदौ २९ आइतबार १०:०२:००
Read Time : > 1 मिनेट
नयाँCity

डिजिटल मार्केटमा नक्कली भ्युअर्स

Read Time : > 1 मिनेट
२०७६ भदौ २९ आइतबार १०:०२:००

संगीत संवाद
 

शिशिर योगी

अम्बर गुरुङसँग १७ वर्षसम्म संगीत सिकेर सांगीतिक क्षेत्रमा लागेका शिशिर योगीले पाँच सयभन्दा बढी गीत गाइसकेका छन् । माधवप्रसाद घिमिरे, रत्नशमशेर थापा, ईश्वर बल्लभ, कालीप्रसाद रिजाल, दुर्गालाल श्रेष्ठजस्ता स्रष्टासँग काम गरेका उनले हालै शताब्दीपुरुष सत्यमोहन जोशीको कवितासंग्रह ‘क्रान्तिका लहर’का पाँचवटा कवितामा स्वर दिएका छन् । सुन्ने गीत हराउँदै गएको बताउने उनीसँग गरिएको संवाद:

सुन्नेभन्दा हेर्ने ट्रेन्ड आएकाले अहिले राम्रा गीत ओझेलमा परेका छन् । बजारमा अस्वस्थ प्रतिस्पर्धाले कालजयी गीतहरू पछाडि परे । त्यही होडबाजीका कारण हलुका गीतमा लगानी बढ्यो । कतिपय गीत/संगीतकर्मीलाई तत्काल हिट हुने गीत चाहिएको छ । बजारबाट कसरी नाफा कमाउने भन्ने प्रतिस्पर्धा मात्र भयो । यो अहिलेको डिजिटल मार्केटका कारण बढेको अस्वस्थ प्रतिस्पर्धा हो ।

हुँदाहुँदा गीत–संगीतको सिर्जना म्युजिक कम्पनीको मागका आधारमा हुन थाल्यो । राम्रो आम्दानी हुने आशामा केही गायक/गायिका जस्तो पनि गीत गाइदिन थाले । गायन सस्तो हुँदै गएपछि राम्रा गीत पछाडि पर्नु स्वाभाविकै हो । भिडियोमा अनेक प्रयोग हुन थाल्यो । यो सबै डिजिटल मार्केटकै प्रभाव हो । यही प्रवृत्ति हावी हुन्जेलसम्म सुन्ने गीतले बजार पाउँदैनन् ।

कतिपय गीत युट्युबमा अपलोड गर्नासाथ लाखौँ भ्युअर्स पुगेको देखिन्छ । यसले शंका उब्जाएको छ, ती कतै नक्कली भ्युअर्स त होइनन् ! 


गीतले श्रोताको मन कति छोयो भन्ने विषय गौण बन्यो, भ्युअर्सका आधारमा मूल्यांकन हुन थाल्यो । गायक र संगीतकार पनि आफ्नो गीतका भ्युअर्स बढाउनतिर लागे । गीत राम्रो भएर मात्रै पुगेन, भिडियो बनाए मात्र भ्युअर्स बढ्ने भयो । गीतलाई भिडियोमा ल्याउनुहुँदैन भन्ने मेरो माग नै हो । किनकि, अधिकांश गीतमा बिम्ब हुन्छ । तर, त्यो बिम्बलाई भिडियोमा देखाउन सकिँदैन । सुन्दा जुन भाव आउँछ, हेर्दा पटक्कै आउँदैन । म आफ्नै गीतमा पनि सन्तुष्ट छैन । स्टेजमा प्रत्यक्ष गाउनमै म रमाउँछु । कतिपय गीत युट्युबमा अपलोड गर्नासाथ लाखौँ भ्युअर्स पुगेको देखिन्छ । यसले शंका उब्जाएको छ, ती कतै नक्कली भ्युअर्स त होइनन् !

०००
अहिले संगीकारले पनि प्याकेजमा काम गर्न थालेका छन् । त्यस्तो प्याकेज बनाउँदा एरेन्ज, गायन, स्टुडियो, गायक र लाग्ने खर्चसमेत जोडिन्छ । यस्तो प्रवृत्तिबाट पनि राम्रो संगीत छुट्छ । सबै कामको जिम्मा लिने चलनले पनि सोचेजस्ता गीत आउन नसकेजस्तो लाग्छ । सिर्जना भनेको दबाबमा हुने होइन । यो त स्वतस्फूर्त रूपमा आउने हो । बाँच्न र जीवन धान्नका लागि कर्म गर्ने हो । राम्रो संगीत सिर्जनाका लागि समय लगाउनु राम्रो हुन्छ ।

गायकका सबै गीत हिट नहुन सक्छन् । संगीतकारका सबै कम्पोज चल्न नसक्लान् । तर, कम्तीमा जस्तो पायो त्यस्तै नगाइदिए राम्रो हुन्थ्यो । मैले कमसल गीत गाउँदिनँ भनेर प्रतिज्ञा नै गरेको छु । कम्तीमा गायक र संगीतकारको मन छुनुप¥यो । तर, डिजिटल मार्केटले गायनलाई सस्तो र हलुका बनाइदियो । अहिलेका दर्शक÷श्रोताले विश्वभरका गीत–संगीत सुनिरहेका छन् । सोही कारण उनीहरू ‘जज’ गर्न सक्ने भएका छन् । त्यसैले गायनलाई हलुका बनाउनु भनेको आफ्नो खुट्टामा बन्चरो प्रहार गरेजस्तो हो ।