१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ भदौ २८ शनिबार ०८:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

शिक्षामन्त्रीको जोडबलमा चिकित्सा आयोगको उपाध्यक्षमा अयोग्यलाई नियुक्ति

Read Time : > 1 मिनेट
२०७६ भदौ २८ शनिबार ०८:५८:००

उपाध्यक्ष हुन आवश्यक योग्यता

  •  मेडिकल शिक्षामा स्नातकोत्तर उपाधि प्राप्त गरी २० वर्ष चिकित्साशास्त्रको अनुभव
  •  वा, चिकित्सा शिक्षा अध्यापनमा कम्तीमा १० वर्षको अनुभव र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव 

प्रा.डा. श्रीकृष्ण गिरीको योग्यता 

  •  विशेषज्ञता सन् २००२ मा दर्ता भयो, तर दश वर्ष मेडिकल कलेजमा पढाएको अनुभव छैन
  •  एमएस गरेका छन् जो दुई वर्षको मात्र कोर्स हो । जब कि मेडिकल शिक्षामा तीनवर्षे कोर्सलाई मात्रै स्नातकोत्तर मानिन्छ 

चिकित्सा शिक्षा ऐनले तोकेअनुसारको योग्यता नै नपुगेका प्रा.डा. श्रीकृष्ण गिरीलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलको जोडबलमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त गरिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले गिरीलाई नियुक्त गरेको हो । 

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सिफारिस समितिले २९ साउनमा आयोग उपाध्यक्षका लागि गिरीसँगै डा. सुरेन्द्र शेरचन र डा. शम्भु पहारीको नाम सिफारिस गरेको थियो । तर, तीनैजनाको आयोग उपाध्यक्षका लागि आवश्यक योग्यता नपुगेपछि प्रश्न उठेको थियो । त्यसमाथि पनि गिरी तेस्रो नम्बरमा सिफारिस भएका व्यक्ति हुन् । 

उपाध्यक्ष हुन मेडिकल शिक्षामा स्नातकोत्तर उपाधि प्राप्त गरी २० वर्ष चिकित्साशास्त्रको अनुभव लिनुपर्छ । जुन अनुभव तीनैजना दाबेदारमा थिएन । त्यस्तै, चिकित्सा शिक्षा अध्यापनमा कम्तीमा १० वर्षको अनुभव र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएका उम्मेदवार पनि उपाध्यक्षका लागि योग्य मानिने प्रावधान छ । यो मापदण्ड पनि कसैले पूरा गरेका छैनन् ।

उपाध्यक्षमा नियुक्त गिरीको विशेषज्ञता सन् २००२ मा दर्ता भएको हो । तर, दश वर्ष मेडिकल कलेजमा पढाएको अनुभव उनीसँग पनि छैन । गिरीले एमएस गरेका छन् जो दुई वर्षको मात्र कोर्स हो । मेडिकल शिक्षामा तीनवर्षे कोर्सलाई मात्रै स्नातकोत्तर मानिन्छ । सिफारिस तीनै व्यक्तिको योग्यतामाथि प्रश्न उठेपछि प्रधानमन्त्रीले उपाध्यक्ष नियुक्ति प्रक्रिया लम्ब्याउँदै आएका थिए । तर, गिरीलाई नियुक्त गर्न शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्रीलाई दबाब दिएको स्रोतको दाबी छ ।