१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ भदौ २७ शुक्रबार ०८:४३:००
Read Time : > 1 मिनेट
नयाँCity

जंगलभित्र क्लब हिमालय

Read Time : > 1 मिनेट
२०७६ भदौ २७ शुक्रबार ०८:४३:००

जंगलभित्र चिटिक्क परेको रिसोर्ट । गेटबाट छिर्न नपाउँदै चराहरूको चिर्बिर आवाजले ध्यान तान्छ । उत्तरतर्फ मुस्कुराइरहेका सेता हिमाल, तलतिर नजर घुमाउँदा देउपुरको मनमोहक फाँट र चित्ताकर्षक भक्तपुर सहर । समुद्री सतहबाट दुई हजार मिटरमा अवस्थित नगरकोटको क्लब हिमालय रिसोर्ट पुग्दा ‘रिल्याक्स’ महसुस हुन्छ । भक्तपुरदेखि १७ किलोमिटर कच्ची सडक छिचोलेर नगरकोट पुग्दा हुने सास्ती र थकान पनि मेटिन्छ । क्लब हिमालय रिसार्टलाई रिट्रिट सेन्टर मान्छन् त्यहाँ पुग्नेहरूले ।

०५३ वैशाख बुद्ध जयन्तीका दिन क्लब हिमालय रिसोर्ट खोल्दा पूरै डाँडो उजाड थियो, जहाँ कुनै लक्जरी रिसोर्टको सम्भावना अनुमानभन्दा बाहिर थियो । पथप्रदर्शकले बिहानै पर्यटकलाई सूर्योदय देखाउन लैजान्थे । र, त्यसलगत्तै पर्यटक काठमाडौं फर्किन्थे । त्यही उजाड डाँडोमा योगेन्द्र शाक्यको परिवारले पर्यटनको सम्भावना देख्यो र रिसोर्ट खोलेपछि रूख रोपेर हरियाली बनायो । त्यसयताका २३ वर्षमा नगरकोट होटेलको ‘हब’ नै बनेको छ ।

अहिले नगरकोटमा पर्यटक साँझ बास बस्न पुग्छन्, बिहान सूर्योदयको आनन्द लिन्छन् अनि काठमाडौं फर्किन्छन् । क्लब हिमालयकै कारण नगरकोट ‘भाइब्रेन्ट’ बनेको रिसोर्टका म्यानेजर कवि डंगोल बताउँछन् ।

क्लब हिमालय नगरकोटको अद्वितीय पर्यटकीय प्रडक्ट हो, जसले एउटा सिंगो डाँडो नै ओगटेको छ । जंगलभित्रको आकर्षक भवनमा ४८ कोठा छन् । तीमध्ये २४ कोठा डिलक्स हुन् भने ४८ साधारण । नगरकोटमा स्विमिङ पुल बनाउने पहिलो होटेल पनि हो यो । रिसोर्टमा हेल्थ क्लबको सुविधा छ, आगामी अक्टोबरदेखि स्पा पनि सञ्चालनमा आउँदै छ ।

रिसोर्ट परिसरमा धुपी, सल्ला, बाँसलगायत दर्जनौँ प्रकारका रूख र बुट्यान छन् । तिनमा विभिन्न प्रजातिका चरा बास बस्छन् । पाहुनालाई जंगलमै बसेको अनुभूति हुन्छ ।

सूर्योदय र सूर्यास्त हेर्न भ्यू टावर पुग्नुपर्दैन, रिसोर्टका कोठाबाटै दृश्यावलोकन गर्न पाइन्छ । डंगोलका अनुसार लाङटाङदेखि गौरीशंकर हिमालसम्म करिब १७ वटा हिमाल होटेलबाटै देखिन्छन् । यहाँबाट देखिने देउपुर–पाँचखालको सुन्दर फाँट तथा भक्तपुर र काठमाडौं सहरको दृश्यले मन लोभ्याउँछ । इन्द्रावती नदी बगिरहेको दृश्यले लोभ्याउँछ ।

रिसोर्टपरिसरमा धुपी, सल्ला, बाँसलगायत दर्जनौँ प्रकारका रूख र बुट्यान छन् । तिनमा विभिन्न प्रजातिका चरा वास बस्छन् । पाहुनालाई जंगलमै बसेको अनुभूति हुन्छ । शान्त र प्राकृतिक वातावरण क्लब हिमालयको पहिचान हो ।

पर्यटकले रिसोर्टभित्रै मर्निङवाक गर्न सक्छन्, जसका लागि ट्र्याक बनाइएको छ । रिसोर्टमा अपांगमैत्री संरचना निर्माण गरिएको छ । अशक्त पाहुना पनि ह्विलचेयरमा बसेर रिसोर्टको फेरो मार्न सक्छन् ।

कोठाहरूलाई हिमालको नाम दिइएको छ । तीनवटा रुम ‘इन्टर कनेक्टेड’ छन् । आकर्षक ढंगले डिजाइन गरिएको रेस्टुराँमा एकसाथ ९५ जना बसेर खान मिल्छ । कान्तिपुर रेस्टुराँ र इन्द्रावती बार नाम दिइएको छ । रिसोर्टमा तीनवटा सभा हल छन्– ललितपुर, भक्तपुर र नगरकोट, जहाँ स्वदेशी÷विदेशी संघसंस्थाका कार्यक्रम भइरहन्छन् ।

पछिल्लो समय कर्पोरेट बैठकका लागि क्लब हिमालय पुग्ने क्रम बढ्दो छ । ‘४० प्रतिशत पाहुना स्वदेशी हुन्छन्,’ डंगोल भन्छन्, ‘त्यसबाहेक जापान, अमेरिका र चीनका पाहुना बढी हुन्छन् ।’ डबल बेडको स्ट्यान्डर्ड कोठाका लागि सात हजार र डिलक्सलाई आठ हजार रुपैयाँ मूल्य तोकिएको छ, जसमा कर लाग्छ । नेपाली, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छन् ।