मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ २७ शुक्रबार ०७:३३:००
Read Time : < 1 मिनेट
खेलकुद

सन्दीपले लिए तीन विकेट

Read Time : < 1 मिनेट
२०७६ भदौ २७ शुक्रबार ०७:३३:००

राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन लिग (सिपिएल)मा उत्कृष्ट प्रदर्शनसँगै म्यान अफ द म्याच उपाधि हात पारेका छन् । सन्दीपआबद्ध बार्बादोस ट्राइडेन्सले लिगमा पहिलो जित हात पार्दा सन्दीपले २२ रन खर्चिएर तीन विकेट लिए । सन्दीपकै घातक बलिङ प्रदर्शनका कारण बावडोसले सेन्ट किट्स एन्ड नेभी प्याट्रिओट्सलाई १८ रनले हराएको छ । अघिल्लोपटक सन्दीपले सेन्ट किट्सबाट प्रतिस्पर्धा गरेका थिए । 

सन्दीपले आफ्नो दुई ओभरमा विकेट लिन सकेनन् । उनले पहिलो ओभरमा सात रन तथा ११औँ ओभरमा पनि सात रन खाए । १३औँ ओभरमा सन्दीपले सफलता चुमे । यस ओभरमा उनले दुई विकेट लिँदा ६ रन मात्र खर्चिए । १३.१ ओभरमा सन्दीपले सामह ब्रुक्सलाई नर्सबाट क्याचआउट गराए ।  १३.६ ओभरमा उनले लाउरी इभान्सलाई जोस लालोसबाट क्याच गराए । 

सन्दीपको बलमा आउट हुनुअघि लाउरीले ६४ रन बनाएका थिए । १५औँ ओभरमा सन्दीपले कार्लोस ब्रेथवेटलाई एलबिडब्लू धरापमा पारे । बाबर्डोसले पहिलो ब्याटिङ गरी निर्धारित ओभरमा दुई विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो । किट्सले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६८ रन मात्र बनायो ।