मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २७ शुक्रबार ०६:२७:००
Read Time : < 1 मिनेट
समाचार

हरित सहर बनाउन वृक्षरोपण : त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म पाँच सय बिरुवा रोपिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २७ शुक्रबार ०६:२७:००

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘हरित सहर’ बनाउने अभियान अघि बढेको बताएका छन् । सुन्धारामा बिहीबार वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै उनले भने, ‘काठमाडौंलाई हरित सहर बनाउने महानगरको अभियान हो, यहीअनुसार वृक्षरोपण थालेका छौँ ।’ 

महानगरपालिकाले नेपाली सेना र वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म पाँच सय बिरुवा रोप्न लागेको मेयर शाक्यले बताए । ‘सार्वजनिक जग्गामा हरियाली पार्क निर्माण गर्नेलगायतका काम हामीले तीव्र रूपमा अघि बढाएका छौँ, यो पनि त्यही अभियानको निरन्तरता हो,’ उनले भने ।

शाक्यले पाँच फिटभन्दा माथिका मात्र बिरुवा रोप्ने महानगरको नीति भएकाले सोहीअनुसार बिहीबार एक सय ६५ वटा बिरुवा रोपिएको जानकारी दिए । उनले ३२ वटै वडाका सार्वजनिक स्थानमा बिरुवा रोप्ने कार्यक्रम प्रवद्र्धन गरिने बताए । 

महानगरपालिकाले त्रिपुरेश्वर–दरबारमार्ग सडकखण्डको दुवै किनारामा १५ मिटरको अन्तरमा एक–एकवटा बिरुवा रोप्ने जनाएको छ । बिरुवा हुर्काउने जिम्मा नेपाली सेनाले लिएको छ ।