मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २६ बिहीबार १६:१३:००
Read Time : < 1 मिनेट
साहित्य

न्युयोर्कमा बसन्त चौधरीको कविता वाचन सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २६ बिहीबार १६:१३:००

कवि बसन्त चौधरीको विश्व–काव्य यात्राअन्तर्गत दोस्रो चरणको एकल कविता वाचन बुधबार साँझ अमेरिकाको न्युयोर्क सहरमा सम्पन्न भएको छ । कविता वाचन कार्यक्रममा उनले करिब डेढ दर्जन कविता प्रस्तुत गरेका थिए । कविताको माध्यमद्वारा प्रवासी नेपालीलाई भाषा, साहित्य र संस्कृतिप्रति अभिरुचि जगाउने उद्देश्यले उनले एकल कविता वाचन प्रस्तुत गर्दै आएका हुन् 

‘माग्दिन प्रभु म तिम्रो स्वर्ग देऊ,
यही धर्ती भए पुग्छ, यही शान्ति भए पुग्छ’ 

कवि चौधरी कविता वाचनको सुरुवातमा माथिको आध्यात्मिक कविता प्रस्तुत गरी आरम्भ गर्दै आएका छन् । यसबाहेक उनको कवितामा राजनीतिक विसंगति, सामाजिक घटना र प्रकृतिबारे करिब दुई घन्टा कविता सुनाएका थिए ।

कविता वाचनकै क्रममा उनले भने– ‘उद्योगी–व्यवसायी कवि हुन सक्दैन भन्ने धारणा छ । त्यसैले, म आफूलाई कवि नभई काव्यको उपासक मान्दछु । यस क्रममा ममा जुन भाव उर्लन्छन्, तिनमा डुबुल्की मार्दा कहिले सिपी, कहिले मोती जसलाई अक्षरको रुप दिँदा कविता बन्छन् ।’ अन्तर्राष्ट्रिय नेपाली समाज (अनेसास) न्युयोर्क च्याप्टरद्वारा आयोजित १९ औँ शृङ्खलामा उनले कविता वाचन गरेका हुन् ।

चौधरीले ‘म सन्देश लिएर आएको छु’ र ‘आमा’ कविता वाचन गर्दा श्रोता गम्भीर भएका थिए । ‘आमा’ कविता वाचन गर्नुअघि उनले व्यक्त गरे, ‘आमा’ शब्द उच्चारण गर्ना साथै एक किसिमको स्नेह र ममत्वको भाव नसानसामा सञ्चारित हुन्छन् । प्रेम र वात्सल्य छताछुल्ल भएर हृदयमा तरङ्गित हुन थाल्छन् । यसअघि ८ सेप्टेम्रमा क्यानडामा आफ्नो काव्य यात्रा सम्पन्न गरेर न्यूयोर्क आइपुगेका कवि चौधरीले विश्व–काव्य यात्राको २० औँ शृङ्खला १५ सेप्टेम्बर २०१९ मा भर्जिनियामा प्रस्तुत गर्दैछन् ।