मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २६ बिहीबार १४:०६:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रिय युवा संघ तीन सय ३५ सदस्यीय हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २६ बिहीबार १४:०६:००

साविक एमालेको भातृ संगठन युवा संघ नेपालमा र नेकपा माओवादीको भातृ संगठन वाइसिएलबीच एकता भएकाे छ । एकतापछि बनेको राष्ट्रिय युवा संघले केन्द्रीय समितिमा ३ सय ३५ सदस्यीय बनाउन पार्टीसँग अनुमति मागेको छ । 

संगठनका इन्चार्ज महेश बस्नेत, सहइन्जार्ज तथा संयोजक रामप्रसाद सापकोट र सहसंयोजक रमेश पौडेलको उपस्थितिमा बुधबार बसेको बैठकले ४ जनापछि मनोनित गर्नेगरी हाल साविक युवा संघबाट १ सय ७६ र वाइसिएलबाट १ सय ५५ सदस्य चयन गर्ने निर्णय गरेको हो । सचिवालयमा वाइसिएलबाट ५२ र युवा संघबाट ५७ सदस्य रहने छन् । त्यसैगरी केन्द्रीय कार्यालयको ९ सदस्यका लागि युवा संघबाट ५ र वाइसिएलबाट ४ सदस्य राख्ने निर्णय भएको छ ।

प्रदेश र जिल्लामा समेत भागबण्डा भएको छ । युवा संघले ४ र वाइसिएलले ३ प्रदेशको नेतृत्व लिने निर्णय भएको हो । युवा संघले ४२ र वाइसिएलले ३५ जिल्लामा नेतृत्व लिने सहमति भएको हो । एकता प्रकृया टुंग्याउन शुक्रबार दुवै संगठनका साविक पदाधिकारीको संयुक्त बैठक र पदभार ग्रहणको कार्यक्रम राखिएको संघले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।