मेकअपलाई सुन्दरतासँगै व्यक्तित्व र आत्मविश्वाससँग पनि जोडेर हेर्न थालिएको छ । त्यसैले यो आजको आवश्यकता बनिसकेको छ । व्यक्तित्व विकासका लागि मेकअप र सुहाउँदो ड्रेसअपले प्रमुख भूमिका खेलेको हुन्छ । पार्टी, अफिस, भेटघाट, भोज–भतेर आदि विभिन्न ठाउँमा सहभागी हुँदा समय र परिस्थितिअनुसार विभिन्न शैलीका मेकअप गर्न सकिन्छ ।
पछिल्लो समय न्युड मेकअप ट्रेन्डमा छ । अधिकांशले न्युड अर्थात् प्राकृतिक देखिने खालको मेकअप गर्न मन पराउँछन् । न्युड मेकअपका कारण सुन्दर देखिन गोरो अथवा चम्किलो हुनुपर्छ भन्ने पुरानो मान्यता पनि बिस्तारै हराउँदै गएको छ ।
न्युड मेकअपले प्राकृतिक देखाउँछ । मेकअप गर्दा प्रयोग गरिने सामग्रीको कलर हलुका हुने भएकाले मेकअप भद्दा हुँदैन । टाढाबाट हेर्दा मेकअप गरेजस्तो नदेखिने भएकाले हेर्दा भद्र देखिन्छ । युवापुस्तामा न्युड मेकअप लोकप्रिय हुनुको मुख्य कारण नै व्यक्तित्वसुहाउँदो हुनु हो ।
यसरी गर्ने न्युड मेकअप ?