मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ भदौ २५ बुधबार १७:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री ओलीको उपचार खर्च सार्वजनिक गर्न माग

Read Time : < 1 मिनेट
२०७६ भदौ २५ बुधबार १७:४४:००

एक नम्बर प्रदेशसभामा प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा भएको उपचार खर्च सार्वजनिक गर्न माग गरेका छन् । 

प्रदेशसभाको बैठकमा बुधबार शून्य समयमा बोल्दै कार्कीले प्रधानमन्त्रीको उपचारमा भएको खर्च बारे जान्न पाउने नागरिकको हक भएको उल्लेख गर्दै सार्वजनिकगर्न माग गरे । ‘प्रधानमन्त्रीको उपचार कुन आर्थिक स्रोतबाट भयो भन्ने जान्न पाउने अधिकार  नागरिकलाई छ,’ उनले बैठकमा भने, ‘के कति र कहाँबाट खर्च भयो त्यो सार्वजनिक गरियोस ।’ 

उनले प्रधानमन्त्री ओली सिंगापुरमा उपचार भइरहँदा धेरै ठेकेदारहरु पैसाको मुठो बोकेर अस्पतालको बिल तिर्न पुगेको जानकारी पाएको उल्लेख गर्दै उपचार खर्चको स्रोत प्रष्ट पार्न माग गरे ।