Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केशव गुरुङ गोरखा 
२०७६ भदौ २५ बुधबार १७:२३:००
Read Time : < 1 मिनेट
खेलकुद

गुरुङले जिते म्याराथनको उपाधि

Read Time : < 1 मिनेट
केशव गुरुङ गोरखा 
२०७६ भदौ २५ बुधबार १७:२३:००

‘लिगलिगकोट सिरानचोककोट गोरखा दरबार खुल्ला म्याराथुन’ दौडका उपाधि आरुघाट गाउँपालिका थुमीका भीम बहादुर गुरुङले जितेका छन् । 

प्रतियोगितामा १ सय १४ जनालाई पछि पार्दै गुरुङले उपाधि जितेका हुन् । पूर्व सैनिक समेत रहेका गुरुङले ४२ किलोमिटरको दुरीलाई ३ घण्टा १७ मिनेट २ सेकेण्डमा पार गरी एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा रुकुमका दुर्गाराज बुढा दोस्रो भएका छन् । उनले ३ घण्टा १७ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पार गरी एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । यस्तै ३ घण्टा ३० मिनेट २ सेकेण्डमा दौड पुरा गरी तेस्रो भएका रणबम दल गणका सविन तामाङले ५० हजार रुपैयाँ नगद पाएका छन् । 

प्रतियोगितामा १० स्थानमा हासिल गर्ने धावकहरुलाई पनि पुरस्कार प्रदान गरिएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको आयोजनामा दौड प्रतियोगिता भएको हो । पालुङटार नगरपालिकाको लिगलिगकोटबाट सुरु भएको दौड सिरानचोक गाउँपालिका हर्मी हुदै गोरखा नगरपालिकाको गोरखा दरबारमा पुगेर टुंगिएको थियो । 

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रमलाई प्रतियोगिताले सहयोग पुग्ने आयोजकले जनाएको छ ।