Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ २५ बुधबार १२:३५:००
Read Time : > 1 मिनेट
प्रदेश

पूर्वविद्यार्थीले सुधारे बालकक्षा 

Read Time : > 1 मिनेट
२०७६ भदौ २५ बुधबार १२:३५:००

व्यवस्थित कक्षाकोठा, कार्पेट ओछ्याएको भुइँ । कार्पेट, सुकिला चकटी, नानाथरीका खेलौना । बालबालिका खेल्दै सिक्दै गरेको दृश्य । यो दृश्य हो बाग्लुङ सदमुकामस्थित विद्यामन्दिर माध्यामिक विद्यालयको बालकक्षाको । धौलागिरि क्षेत्रको जेठो विद्यालय विद्यामन्दिर माविमा गुणस्तरीय शिक्षा दिन पूर्वविद्यार्थीले सक्रियता बढाएका छन् । 

विद्यालयको बालकक्षा सुधार गर्न केही समययता पूर्वविद्यार्थीको लर्को नै लागेको छ । बालकक्षामा बालबालिका भुइँमै बसेर पढिरहेको, उचित खाजा अभाव, सिकाइमैत्री वातावरण अभावजस्ता विषयले पूर्वविद्यार्थीमा सुधारको सोच आएको हो । उनीहरूको सक्रियताले अहिले बालकक्षाको मुहार फेरिएको छ । उनीहरूको सक्रियताले बालकक्षा व्यवस्थित हुनुका साथै सफा पिउने पानी, मिठो खाजा, दक्ष शिक्षक र स्तरीय सिकाइ पद्धति सुरु भएको छ । 

बालबालिका टिकाउन दिवाखाजा
बालकक्षामा पढ्ने विद्यार्थीका लागि खाजामा मासिक ३० हजारभन्दा बढी खर्च हुने गरेको पूर्वविद्यार्थी एवं बालविकास सुधार अभियानका संयोजक मुकेशचन्द्र राजभण्डारीले बताए । ‘बालकक्षाको व्यवस्थापकीय सुधारसँगै गुणस्तर बढाउन हामी पूर्वविद्यार्थी सक्रिय भएका हौँ,’ राजभण्डारीले भने, ‘हुनेखानेले बालबालिकाका अभिभावकले मासिक चार सय रुपैयाँ खाजाका लागि सहयोग गर्नुहुन्छ । गरिब तथा विपन्न परिवारका बालबालिकालाई सबै निःशुल्क गरेका छौँ ।’ विद्यालयमा अध्ययनरत बालबालिकालाई गत वर्ष पूर्वविद्यार्थी मन्दिरा श्रेष्ठले स्कुल पोसाकको व्यवस्था गरेकी थिइन् । बालकक्षाको भौतिक सुधार, निःशुल्क खाजा, पोसाक र शिक्षक व्यवस्थापनमा हालसम्म झन्डै साढे ६ लाख खर्च भइसकेको राजभण्डारीले बताए । विद्यार्थीलाई निःशुल्क खाजाका साथमा बालकक्षा सञ्चालनका लागि दुईजना सहजकर्तालाई मासिक ६ हजार रुपैयाँँका दरले पारिश्रमिकको व्यवस्था गरिएको छ ।’

पूर्वन्यायाधीशदेखि उद्योगीसम्मको सहयोग
विद्यालयको शिशुकक्षामा निःशुल्क खाजाका लागि गत वर्ष पूर्वप्रधानन्यायाधीश एवं विद्यालयका पूर्वविद्यार्थी कल्याणकुमार श्रेष्ठ, उद्योगी व्यवसायी पुष्पमान श्रेष्ठलगायतको सहयोग रहेको राजभण्डारीले बताए । बालमैत्री वातावरणमा सिकाइको गुणस्तर बढाउन दिवाखाजाले टेवा पु¥याउने उनको विश्वास छ । बालकक्षा व्यवस्थापनका निम्ती पूर्वविद्यार्थीको सहयोग आउने क्रम जारी छ । युवा व्यवसायी निर्देश राजभण्डारीले २५ हजार रुपैयाँँबाट सुरु गरिएको अभियानमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले ३० हजार रुपैयाँँ पूर्वपूर्वप्रधान्यायाधीश कल्याणकुमार श्रेष्ठले २४ हजार रुपैयाँँ प्रदान गरेका थिए ।