मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी
२०७५ मङ्सिर २८ शुक्रबार ०३:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अब काठमाडौंका क्यासिनाेमा पासपोर्ट देखाएपछि मात्र प्रवेश पाइने

Read Time : < 1 मिनेट
टेकराज थामी
२०७५ मङ्सिर २८ शुक्रबार ०३:५०:००

काठमाडौंका क्यासिनोमा प्रवेशको लागि अब अनिवार्य रुपमा पासपोर्ट देखाउनुपर्ने भएको छ । बिहीबार क्यासिनो सञ्चालकहरुसँगको समन्वयमा यस्तो निर्णय गरिएको हो ।

यदि अनाधिकृत रुपमा क्यासिनोमा नेपालीलाई प्रवेश गराइयो भने क्यासिनोका ड्युटी अफिसरलाई कारवाही गरिने महानगरीय प्रहरी परिसरका एसएसपी बसन्त लामाले जानकारी दिए ।

काठमाडौं हायात, मल्ल, याक एण्ड यति, सांग्रिला, सोल्टी लगाएतका ७ वटा होटलमा मात्र क्यासिनो सञ्चालन गर्न पाइन्छ ।