१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ २५ बुधबार १२:१२:००
Read Time : < 1 मिनेट
प्रदेश

छात्रा मूर्च्छा पर्न थालेपछि दुई महिनादेखि पढाइ प्रभावित

Read Time : < 1 मिनेट
२०७६ भदौ २५ बुधबार १२:१२:००

कक्षा कोठामै विद्यार्थी बिरामी पर्न थालेपछि जिल्लाको शारदा नगरपालिका–११ मा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालय हिवल्चाको पढाइ प्रभावित भएको छ ।

दुई महिनायता कक्षा कोठामै छात्राहरू मूर्च्छा पर्ने, बर्बराउने, काप्ने गरेपछि पढाइ प्रभावित भएको हो । नौ वर्ष उमेरदेखि १२/१३ वर्षभित्रका छात्रामा यस्तो समस्या देखिएको विद्यालयका प्रधानाध्यापक जीतबहादुर बुढाथोकीले बताए । 

छात्राहरू बिरामी पर्न थालेपछि अन्य विद्यार्थीसमेत डराउन थालेका छन् । विद्यालयमा जाँदा आफूलाई पनि यस्तै हुन्छ कि भन्ने डरले विद्यालय आउने विद्यार्थीको संख्या निकै कम भएको बुढाथोकीले बताए । विगतका वर्षहरूमा २/३ जना छात्राहरूमा यस्तो समस्या देखिएको थियो । तर, जेठ महिनादेखि यो समस्या बढेर गएको उनको भनाइ छ ।

मनोपरामर्शदातालाई ल्याएर परामर्श दिँदा पनि विद्यार्थीको समस्या नरोकिएको उनले बताए । दैनिक यस प्रकारको समस्या देखापरेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुँदै गएको छ । बिरामी भएका विद्यार्थीलाई केही दिन घरमै आराम गर्न आग्रह गर्ने गरेको प्रधानाध्यापक बुढाथोकीले बताए ।

केही सातायता दैनिक २० देखि २५ जना छात्रा काप्ने, बर्बराउने, मुर्छा पर्ने गरेका छन् । विद्यालयबाहिर यस किसिमको समस्या नदेखिएको शिक्षिका प्रतिभा ओलीले बताइन् । 

उनले भनिन्, ‘विद्यालयमा आएपछि बर्बराउने, काप्ने मुर्छा पर्ने भएपछि विद्यालयमा आउन मान्दैनन् । रोगको पहिचान गरी निदान गर्न नसक्दा समस्या बढ्दै गएको ओलीको भनाइ छ ।’