१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ भदौ २५ बुधबार ११:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

विप्लवका छोरा प्रकाश चन्दसहित १५ जना पक्राउ

Read Time : < 1 मिनेट
२०७६ भदौ २५ बुधबार ११:५५:००

सरकारले प्रतिवन्ध लगाएकाे नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' का छोरा प्रकाश चन्दलाई बुधबार चितवनबाट प्रहरीले पक्राउ गरेकाे छ । 

चिकित्सा शिक्षा ऐन कार्यान्वयनको माग गर्दै भरतपुरस्थित चितवन मेडिकल कलेजमा  आन्दोलको अगुवाइ गरेका प्रकाश चन्दसहित अन्य १५ विद्यार्थीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले बताए । सो क्रममा प्रहरीले आन्दाेलनकाे भिडियो खिच्ने दुई जनालाई पनि पक्राउ गरेको छ ।

अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीकाे भनाई छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ ।