मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार ११:१७:००
Read Time : > 2 मिनेट
खेलकुद

अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्ताको फड्को

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार ११:१७:००

पाकिस्तानको शरणार्थी क्याम्पबाट सुरु भएको अफगानिस्तानको क्रिकेट अब अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । अफगानी क्रिकेटले आफ्नो खेल र अन्तर्राष्ट्रिय चर्चित लिगमा आफ्ना खेलाडीको उपस्थिति अपरिहार्य बनाउँदै गर्दा अब टेस्ट राष्ट्रका रूपमा समेत राम्रो छवि बनाइरहेको छ ।
टेस्ट क्रिकेटमा नयाँ टिमका रूपमा रहेको अफगानी टिमले छोटो समयमै लामो यात्रा तय गरिसकेको छ । टिमले २००४ मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसयताका १५ वर्षमा अफगानिस्तानले उत्कृष्ट लयका साथमा आफूलाई परिष्कृतसमेत ग-यो । जुन रफ्तार उसले अहिले पनि कायम राखेको छ ।

सोमबार उसले बंगलादेशलाई २२४ रनले पराजित गर्दै विदेशी भूमिमा आफ्नो पहिलो टेस्ट जित्यो । टिमको नयाँ कप्तानका रूपमा रहेका रासिद खानको नेतृत्वमा उत्रिएको अफगानिस्तानले अनुभवी मानिएको बंगलादेशी टिमलाई कमजोर साबित गर्दै आफ्नो उत्कृष्ट छवि प्रस्तुत गर्न सफल भयो ।

रासिद टेस्ट क्रिकेटमा सर्वाधिक जित हासिल गर्ने युवा कप्तानसमेत बने । आफ्नो तेस्रो टेस्टमै अफगानिस्तान दोस्रो जित निकाल्न सफल भयो । यद्यपि, अफगानिस्तानको टेस्ट खेललाई आइसिसीले टेस्ट च्याम्पियनसिपको हिस्सा बनाएको छैन । तर, टिमको प्रगतिको रफ्तारले सबैलाई प्रभावित बनाएको छ । यस्तो छ अफगानिस्तानको विश्व क्रिकेट यात्रा :

सन् २००१
अफगानिस्तान क्रिकेट फेडेरेसनको स्थापना भयो । अफगानिस्तान टिमले क्रिकेटको सुरुवात पाकिस्तानबाट गरेको थियो । पाकिस्तानको शरणार्थी क्याम्पमनै अफगानिस्तानले क्रिकेटको कखरा सुरु गरेको थियो ।

सन् २००४
अफगानिस्तान एसिसी ट्रफीको फाइनलमा ओमानविरुद्ध बराबरी गर्न सफल भयो । यो खेलमा दुवै टिमले समान १५१ रन बनाएका थिए ।

 सन् २००८
आइसिसी विश्व क्रिकेट लिग डिभिजन ५ जित्न सफल भयो, यहीँबाट अफगानिस्तानले एसोसिएट सदस्यको मान्यता पाएको थियो । त्यहीँबाटै अफगानी क्रिकेटको वास्तविक खेल विश्वसामु देखिन थाल्यो ।

 सन् २००९
अफगानिस्तान क्रिकेट टिम एकदिवसीय अन्तर्राष्ट्रिय टिमको मान्यता प्राप्त गर्न सफल भयो । आफ्नो पहिलो एकदिवसीय खेलमा उसले स्कटल्यान्डविरुद्ध ८९ रनको जित निकालेको थियो ।

सन् २०१०
आइसिसी टी–२० विश्वकप क्वालिफायरमा जित निकाल्न सफल भयो । यसको साथमा अफगानिस्तानले विश्वकपको यात्रा औपचारिक रूपमा सुरुवात ग¥यो ।

सन् २०१३
आइसिसीको एसोसिएटेड सदस्यका रूपमा स्थान बनायो । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा फाइनलमा स्थान बनाउन सफल भयो । यसको साथमा अफगानिस्तान २०१५ को विश्वकपका लागि समेत स्थान बनाउन सफल भयो ।

सन् २०१५

अफगानिस्तान आफ्नो पहिलो आइसिसी एकदिवसीय क्रिकेट विश्वकप खेल्न सफल भयो । यो प्रतियोगितामा अफगानिस्तानले स्कटल्यान्डलाई पराजित गरेको थियो ।

सन् २०१६-१७

यो दौरान क्रिकेटको सर्वाधिक छोटो फम्र्याटका रूपमा रहेको टी–२० अन्तर्राष्ट्रिय खेलमा उसले लगातार ११ जित निकाल्यो । यो अहिले पनि एक रेकर्डका रूपमा कायम छ ।

सन् २०१७
फाइनलमा आयरल्यान्डलाई हराएर अफगानिस्तान डेजर्ट टी–२० क्रिकेटको उपाधि जित्न सफल भयो ।

सन् २०१८
भारतविरुद्ध आफ्नो पहिलो टेस्ट खेल खेल्यो । बैंगलोरमा भएको खेलमा अफगानिस्तानले खराब हारको सामना ग¥यो । भारतले उसलाई इनिङ र २६२ रनले पराजित गरेको थियो ।

सन् २०१८
एसियाकपमा भारत, पाकिस्तान र बंगलादेशलाई कडा चुनौती दिन अफगानिस्तान सफल रह्यो । भारतविरुद्धको खेल बराबरी गर्न सफल भएको थियो ।

सन् २०१९
आयरल्यान्डलाई हराएर पहिलोपटक टेस्टमा जित निकाल्न सफल भयो । देहरादुनमा भएको खेलमा अफगानिस्तानले घरेलु मैदानका रूपमा यो खेल खेलेको थियो । जहाँ उसले ७ विकेटको जित निकालेको थियो ।

सन् २०१९
यो प्रतियोगितामा अफगानिस्तानले औसत प्रदर्शन ग¥यो, तर उसले कुनै पनि टिमलाई पराजित गर्न सकेन । केही खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि विश्वकपमा जित निकाल्न भने असफल रह्यो ।

सन् २०१९
बंगलादेशविरुद्धको टेस्टमा अफगानिस्तान जित निकाल्न सफल भयो । यो विदेशी भूमिमा अफगानिस्तानको पहिलो टेस्ट जितका रूपमा रह्यो । यो खेलमा अफगानिस्तानले २२४ रनको जित निकालेको थियो । यो जितपछि ऊ अनुभवी टिमलाई समेत पराजित गर्न सक्ने छवि बनाउन सफल भयो ।