साहित्य
पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार
Read Time : < 1 मिनेट
२०७५ पौष २३ सोमबार १७:४२:००
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले प्रदान गर्ने ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कर’बाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ ।
सुदीश निरौला ट्रस्टका तर्फबाट टेकमाया निरौला संस्थापक रहेको उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । दिवंगत छोरा सुदीशका नाममा निरौला परिवारबाट यो पुरस्कार संस्थापन गरिएको हो । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा आइतबार बसेको बैठकल सो निर्णय गरेको हो । यसै वर्षदेखि प्रदान गरिने यस पुरस्कार आगामी ६ माघमा विराटनगरमा प्रदान गरिनेछ ।
पौडेलका विविध विधा र अनुवादका तीनदर्जन भन्दा बढी कृति प्रकाशित छन् ।