मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २५ बुधबार १०:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्रीको घाँटीमा राखिएको ‘क्याथेटर’ निकालीयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २५ बुधबार १०:४१:००

प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा राखिएको ‘क्याथेटर’ पाइप निकालिएको छ । मनमोहन कार्डिओथोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार बिहान पुगेका ओलीको घाँटीमा राखिएको पाइप निकालिएको हो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार अहिले उनकाे स्वास्थ्य अवस्था ठिकै देखिएको छ । मिर्गाैलासम्बन्धि एन्टिबडी बढेपछि उपचारका लागि ओली भदौ ५ गते सिंगापुर गएका थिए । 

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उनकाे प्लाज्मा फेरिसिस प्रक्रियामार्फत उपचार गराइएको थियो । प्लाज्मा फेरिसिसको क्याथेटर घाँटीमा राखिएको थियो । उपचारमा संलग्न एक चिकित्सकले भने, ‘त्यही पाइप निकाल्न आउनु भएको हो ।’ ७ पटक प्लाज्मा फेरिसिस गरेर ओली गत शुक्रबार स्वदेश फर्किएका थिए ।