मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मञ्जु टेलर  काठमाडाैं
२०७६ भदौ २५ बुधबार ०९:४३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सन्तुलित र आदर्श जीवनका लागि ओशो दर्शन

Read Time : > 1 मिनेट
मञ्जु टेलर  काठमाडाैं
२०७६ भदौ २५ बुधबार ०९:४३:००

के हो ओशो दर्शन ?
ओशो दर्शन एउटा सन्तुलित आदर्श जीवन हो । यसलाई गृहस्थ सन्यासको रूपमा हेर्ने गरिन्छ । भौतिक जीवनसँगै अध्यात्मिक जीवन पनि जिउन सकिन्छ भन्ने ओशोको मान्यता हो । विश्वभर मानिने गरेका प्रायः सबै धर्ममा, विवाह र यौनलाई सहज रूपमा स्विकारिएको पाइँदैन । तर, ओशो दर्शन गृहस्थी जीवन र सन्यासी जीवन एकसाथ व्यतीत गर्न सकिने सिद्धान्तमा अडिग छ, त्यसैले यो निकै लोकप्रिय छ । यसलाई आजको आवश्यकताको रूपमा समेत हेरिने गरिएको छ । समयसापेक्ष ल्याइएको यो सिद्धान्तले ओशोलाई युवापुस्तामाझ लोकप्रिय बनाउँदै लगेको पाइन्छ ।  
ध्यान
ओशोका अनुयायीले ध्यान गर्ने गर्छन् । ध्यानलाई विचारसिद्धको अवस्थाका रूपमा चित्रण गरिन्छ । ओशोका अनुसार ध्यान कुनै वस्तुप्रतिको एकाग्रता नभई आफैँमा विश्राम पाउने प्रक्रिया हो । ओशो दर्शनले यसलाई सक्रिय ध्यानको रूपमा लिने गर्छ । जसमा प्राणायाम, श्वास–प्रश्वासको अभ्यास आदि क्रियाकलाप गरिन्छन् ।  

ध्यान गर्नुका फाइदा
मनमा शान्ति

ध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर, चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै, आफूमा धैर्यताको विकास गर्न ध्यान आवश्यक हुन्छ । ध्यानले मनलाई शान्ति प्रदान गर्छ । 

 प्रायः सबै धर्ममा विवाह र यौनलाई सहज रूपमा स्विकारिएको पाइँदैन । तर, ओशो दर्शन गृहस्थी जीवन र सन्न्यासी जीवन एकसाथ व्यतीत गर्न सकिने सिद्धान्तमा अडिग छ ।

भौतिक जीवनबाट सुरु हुने हरेक किसिमको तनावलाई ध्यानको माध्यमबाट हटाउन सकिन्छ । ध्यान गर्दा आफ्नो मस्तिष्कलाई आफँैले एकाग्र गरिने हुनाले व्याकुलता, ईष्र्या, निराशा हटेर जाने गर्छ ।

सकारात्मक सोच
ध्यान गर्दा मानिसमा नकारात्मकता हटेर जान्छ, सकारात्मक सोच पलाउँछ । सकारात्मक सोचले मानिसको व्यक्तित्वमा नै परिवर्तन ल्याइदिन्छ । मनबाट नकारात्मक सोच हट्नेबित्तिक्कै मानिसमा सिर्जनशीलता स्वतः बढ्छ । त्यस्तै, व्यवहारमा नम्रता आउने भएकाले समाजमा सुमधुर सम्बन्ध कायम हुन्छ । 

शारीरिक तन्दुरुस्ती
शरीरमा राम्ररी रक्तसञ्चार गराउन ध्यानले भूमिका खेलिरहेको हुन्छ । जसबाट प्रत्येक कोषिकामा अक्सिजन सहजै परिपूर्ति हुन्छ र कोषिकामा ऊर्जा उत्पन्न हुन्छ । 

नियमित गरिने ध्यानबाट रक्तचाप र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण हुन्छ । त्यस्तै, तनावका कारण हुने स्वास्थ्य समस्याबाट समेत बच्न सकिन्छ । त्यसैगरी, रोगप्रतिरोधी क्षमताको विकास, घाउ, अनिद्रा, जोर्नी र टाउको दुखाइबाट समेत राहत पाउन सकिन्छ । भावनालाई बढाउने सेरोटोनिन हार्मोनको विकास पनि ध्यानबाट प्राप्त हुन्छ । जसबाट व्यक्तिको भावदशा र व्यवहारमा सुधार आउँछ ।