Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार ०९:३८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

युरिक एसिडबाट बच्ने उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार ०९:३८:००
  •  युरिक एसिडको लक्षण देखिएमा रगतमा युरिक एसिडको मात्रा परीक्षण गर्न आवश्यक हुन्छ । यद्यपि, लक्षणबारे थाहा नभएमा नियमित रगत जाँच गर्दा राम्रो हुन्छ ।
  •  दुखेको अवस्थामा सुन्निने समस्या भएमा जथाभावी रूपमा पेनकिलर प्रयोग गर्नुहुँदैन । यस्ता औषधिको प्रयोग गर्दा अनिवार्य रूपमा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । यस्ता औषधि सामान्यतया सातदेखि १० दिनसम्म प्रयोग गर्दा हुन्छ । 
  •  युरिक एसिडको मात्रा अत्यधिक बढी भएमा, युरिक एसिडका कणहरू मासु तथा जोर्नीमा जम्मा भएको अवस्थामा यस्तो समस्या घटाउन चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । सामान्यतया यस्तो औषधि ३ देखि ६ महिनासम्म सेवन गर्नुपर्छ ।
  •  युरिक एसिडबाट ग्रसित व्यक्तिले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । किनकि, पानीले युरिक एसिडलाई पिसाबका माध्यमबाट हटाउने काम गर्छ ।