१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार ०९:३३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

अनिद्राले निम्त्याउँछ यस्ता समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार ०९:३३:००

निद्रा हाम्रो जीवनको महत्वपूर्ण पाटो हो । शरीरलाई आवश्यक मात्रामा निद्रा पुगेन भने अनेक रोगले सताउँछ । निद्रा राम्ररी पूरा नहुनु वा सुत्न राम्ररी नसक्नुलाई अनिद्रा भन्ने गरिन्छ । निद्रा नपर्ने कारण यस्ता छन् :

मधुमेह : अनिद्राको कारणले कर्टिसोल हर्माेनको उत्पादनमा वृद्धि हुन्छ । जुन हर्माेनले शरीरमा चिनीको मात्रा वृद्धि गराउँछ र निरन्तर यसो हँुदै गएमा मधुमेहको जोखिम बढाउँछ ।
मुटुरोग : अनिद्राका कारणले उच्च रक्तचापको समस्या देखिने गर्छ । जुन समस्या निरन्तर रहेमा मुटुसम्बन्धी रोगको 
जोखिम बढ्छ ।

पाचन प्रणालीसम्बन्धी समस्या
पाचन प्रक्रिया पूर्ण हुन तीनदेखि चार घन्टा लाग्ने गर्दछ । अनिद्रा कारणले मानसिक तनाव भई पाचन प्रक्रियामा ढिला हुनुका साथै पाचन पूर्ण नहुने गर्छ र पाचन प्रणालीसम्बन्धी समस्या निम्त्याउँछ ।

मानसिक समस्या
अनिद्राका कारणले सम्झने शक्तिमा कमी हुनुका साथै मानसिक अस्थिरता, चिडचिडाहट, बढी रिस उठ्नेजस्ता मानसिक समस्या हुन्छन् ।
दिनचर्यामा परिवर्तन
अनिद्राको समस्याले बिहान उठ्दा ताजा महसुस नहुने, मध्यदिनमा निद्रा लाग्ने, काम गर्न मन नलाग्नेजस्ता समस्या हुन्छन् ।