Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रेश्मा सिंह काठमाडाैं
२०७६ भदौ २५ बुधबार ०९:३३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी गर्नुस् दन्तरोगको समाधान

Read Time : > 1 मिनेट
रेश्मा सिंह काठमाडाैं
२०७६ भदौ २५ बुधबार ०९:३३:००
डा. सनिश महर्जन, दन्तरोग विशेषज्ञ

दाँतका प्रकार 
 दाँत दुई प्रकारका हुन्छन् । बच्चा वेला आउने दाँत एउटा हुन्छ, जसलाई हामीले दुधेदाँत भनेर बुझ्छौँ । बच्चा ठूलो हुँदै जाँदा दुधेदाँत बिस्तारै झर्दै जान्छन् । दुधेदाँतलाई विस्थापित गरेपछि आउने दाँतचाहिँ अक्सर वृद्धअवस्थासम्मै रहिरहन्छन् ।
समस्या 

  •  दाँतको समस्या प्रायः गुलियो वस्तु खाँदा उत्पन्न हुन्छ । जस्तैः चकलेट, क्यान्डीजस्ता चिज धेरै खाने बालबालिकामा दाँतको समस्या देखिन्छ । युवा र प्रौढमा चाहिँ नियमित ब्रस नगर्दा देखिन्छ । खासगरी लहरमा मिलेर नबसेको दाँत छ भने खानेकुरा बढी अड्किने समस्या हुन्छ । त्यसैले, खाना खानासाथ दाँतमा अड्किएको खानाको टुक्रा नरहने गरी तुरुन्त सफा गर्नुपर्छ । 
  •  दाँतमा लाग्ने रोग धेरै प्रकारका छन् ।  दाँत किराले खाने, दाँतको जरा सुन्निने र दुख्ने, दन्तझिल्लीमा समस्या देखिनेलगायत समस्याले गिजा दुख्ने, रगत आउने अवस्था निम्त्याउन सक्छन् । कुनै–कुनै अवस्थामा अन्य समस्याले पनि दाँतमा प्रभाव पार्छ । जस्तै– मधुमेहका बिरामीमा दाँतको जरा धेरै हल्लिने समस्या देखिन्छ ।
  •  विशेषगरी गुलियो पदार्थको धेरै मात्रामा प्रयोग गरेपछि दाँतमा किरा लाग्ने समस्या आउँछ । समयमै ब्रस नगरेमा दाँतमा कीटाणुको सक्रमण हुने गर्छ । र, किरा लाग्छ ।

धेरै मात्रामा गुलियो खानेकुरा नखाने, दाँतमा किरा लागिसकेको छ भने जतिसक्दो चाँडो दन्तक्लिनिकमा गएर दाँतमा सिमेन्ट भर्ने, नियमित रूपमा दिनको दुईपटक ब्रस गर्ने गर्नुपर्छ ।

लक्षण  

  •  दन्तरोगको मुख्य लक्षण सर्वप्रथम दाँत दुख्ने प्रक्रियाबाट सुरु हुन्छ । सामान्य रूपमा दाँतमा कालो देखिने, राति सुत्ने समयमा अत्यधिक मात्रामा दुख्ने, केही तातो चिसो खाँदा दाँत झन्झनाउनेलगायत लक्षण देखिन्छन् । 
  •  दाँतको समस्या बालबालिकामा बढी देखिएको छ । बालबालिकामा दाँतको समस्या बढी देखिनुको कारण नियमित रूपमा ब्रस गर्न नमान्ने, धेरै मात्रामा चकलेट, क्यान्डीजस्ता गुलियो वस्तु खानु आदि हो । त्यसैले, अभिभावकले यी विषयमा समय–समयमा ध्यान दिनु राम्रो हुन्छ ।  

दीर्घकालीन असर र समाधान 

  •  समयमै परीक्षण नगराउँदा दाँतमा किरा लाग्ने, दाँत दुख्ने, दाँतको जरा सुन्निने, गिजाबाट रगत बग्नेजस्ता समस्या देखापर्छन् ।
  •  दाँतको समस्या भएकाहरूले धेरै तातो र चिसो दुवै प्रकारका खानेकुरा खानुहुँदैन । यसैगरी धेरै मात्रामा गुलियो खानेकुरा नखाने, दाँतमा किरा लागिसकेको छ भने जति सक्दो चाँडो दन्तक्लिनिकमा गएर दाँतमा सिमेन्ट भर्ने, नियमित रूपमा दिनको दुईपटक ब्रस गर्ने गर्नुपर्छ ।
  •  गुलियो चिज खाइसकेपछि सफा पानीले मुखमा कुल्ला गर्नुपर्छ । घरबाहिरको खानेकुरा खाँदा दाँतको जोर्नीमा खानेकुरा अड्केको छ भने धागोले बाहिर निकाल्नु उपयुक्त हुन्छ । यसलाई दाँत ‘फ्लस’ गर्ने भनिन्छ । 
  •  वर्षमा एकपटक दन्तपरीक्षण गर्नुपर्छ । यदि दाँतको समस्या देखापरिसकेको छ भनेपछि तीन–तीन महिनामा दन्तपरीक्षण गराउपर्छ ।