१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार ०९:२४:००
Read Time : < 1 मिनेट
सप्तरंग

क्राइम थ्रिलरमा स्वस्तिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार ०९:२४:००

फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिने भएकी छिन् । उनले अभिनेता महेश त्रिपाठीको अपोजिटमा काम गर्न लागेकी हुन् । फिल्मको निर्देशन निकेश खड्काले गर्दै छन् । चपली हाइटमा मुख्य भूमिका निभाएका आमिर गौतम यसपटक पनि प्रमुख भूमिकामै हुनेछन् । 

फिल्मको औपचारिक घोषणामा बोल्दै अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको स्क्रिप्ट निकै मन परेको बताइन् । ‘मलाई पहिलोपटकमै स्क्रिप्ट मन प-यो,’ उनले भनिन्, ‘फिल्म क्राइम थ्रिलर हो ।’ निकेश खड्काले निर्देशन गरेको फिल्म आउँदो चैतमा प्रदर्शन हुनेछ । यसअघि चपली हाइट र चपली हाइट २ को निर्देशन दीपेन्द्र के खनालले गरेका थिए ।