१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २५ बुधबार ०८:५२:००
Read Time : < 1 मिनेट
अर्थ

बैंकको आइटी अडिट नियमित गर्न निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २५ बुधबार ०८:५२:००

एटिएम ह्याक प्रकरणपछि राष्ट्र बैंकले बैंकलाई सुरक्षित प्रविधिको प्रयोग गर्न तीनबुँदे निर्देशन दिएको छ ।  बैंकहरूले प्रयोग गरिरहेको सूचना प्रणालीमा बाहिरबाट अनधिकृत पहुँच रोक्न भरपर्दो र सुरक्षित प्रविधि अपनाउन निर्देशन दिएको छ ।

नक्कली पत्राचार र भुक्तानीको आदेश रोक्न आवश्यकताअनुसार अनुगमन गर्ने र कुनै घटना वा प्रविधिमा आक्रमण भए सूचना दिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गर्ने आइटी प्रविधिहरूको नियमित अडिट गर्ने र त्यसबाट मर्मत–सम्भार गर्नुपर्ने देखिए तत्काल मर्मत गर्न निर्देशन दिएको हो ।

१४ भदौमा चीनबाट आएका ह्याकरहरूले नेपाल र भारतका अटोमेटेड टेलर मेसिन (एटिएम)बाट यहाँका बैंकहरूको परिचय नम्बर र कार्ड प्रयोग गरेर करिब ३ करोड ४४ लाख रकम निकालेका थिए । नेपालमा पक्राउ परेका ह्याकरहरूबाट प्रहरीले १ करोड २६ लाख रुपैयाँ, ९ हजार १ सय डलर फेला पारेको थियो । 

ह्याक प्रकरणका लागि अध्ययन गर्न सिंगापुरबाट गत बुधबार आएको फरेन्सिक टोली २२ भदौमा फर्किएको छ । उनीहरूले प्रारम्भिक प्रतिवेदन पठाएको भए पनि ह्याक प्रकारणको कारण खुल्न नसकेको र ३ महिनापछि आउने विस्तृत प्रतिवेदनले यो जानकारी दिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।