मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २५ बुधबार ०८:४६:००
Read Time : < 1 मिनेट
अर्थ

ऋणपत्रलाई पनि अभौतिकीकरण गर्नुपर्‍यो : अर्थमन्त्री खतिवडा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २५ बुधबार ०८:४६:००

सरकारी र संस्थानहरूले जारी गरेको ऋणपत्रलाई पनि कागजबाट अभौतिकीकरण (विद्युतीय अभिलेख–डिम्याट)को स्वरूपमा लैजानुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

राजधानीमा मंगलबार सुरु भएको एसिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रहरूको केन्द्रीय निक्षेप सेवाप्रदायक (एसिजी)को २३औँ वार्षिक साधारणसभामा खतिवडाले यस्तो धारणा राखेका हुन् । एसिजीले धितोपत्रलगायतका वित्तीय उपकरणलाई अभौतिकीकरण गर्ने सुविधा प्रदान गर्छ । 

अर्थमन्त्री खतिवडाले सेयर कारोबार शुल्क कम र राफसाफ प्रक्रिया दु्रत हुने हो भने लगानीकर्ताले नियामकीय निकायको मुख ताक्नुपर्ने अवस्था नआउनेसमेत बताए । यी काम हुने हो भने लगानीकर्ता आफैँले आफ्नो पुँजी (तरलता) व्यवस्थापन गर्न सक्ने खतिवडाको भनाइ छ ।

कार्यक्रममा प्रस्तुत भएको कार्यपत्रमाथि टिप्पणी गर्दै खतिवडाले त्यसमा भनिएजस्तै बजारमा सधैँ बुल (बढ्ने) वा बियरिस (घट्ने) प्रवृत्ति मात्र नहुने र छद्मभेषी कारोबारीले लगानीकर्तालाई सताइरहेको हुन सक्नेमा पनि सचेत बन्नुपर्ने बताए । 

अहिलेको समाज आर्टिफिसियल इन्टेलिजेन्ज (कृत्रिम बौद्धिकता)मा गइरहेकाले क्रिप्टोकरेन्सीदेखि सबैमा मानिसहरूको रुचि बढेको तर यस्ता अभौतिकताले ल्याउने समस्यामा पनि छलफल हुनुपर्ने खतिवडाले बताएका छन् ।

एसिया प्रशान्त क्षेत्रमा रहेका विभिन्न ३५ सदस्य संस्थाका सदस्यहरू निक्षेप सेवाको वर्तमान अवस्थाका बारेमा काठमाडौंमा चर्चा गरिरहेका छन् । सभा २६ भदौसम्म चल्नेछ । सभामा एसिजीको नयाँ नेतृत्वका लागि निर्वाचनसमेत हुने कार्यतालिका छ ।