१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ भदौ २५ बुधबार ०७:२४:००
Read Time : < 1 मिनेट
समाचार

भक्तपुरका सांस्कृतिक सम्पदामा चिनियाँ विदेशमन्त्रीको सेल्फी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ भदौ २५ बुधबार ०७:२४:००

नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी मंगलबार अपराह्न स्वदेश फर्किएका छन् । सोमबारै महत्वपूर्ण भेटवार्ता र छलफल सकेपछि मंगलबार बिहान वाङ यीले भक्तपुरका सांस्कृतिक सम्पदा र ऐतिहासिक स्थलहरूको अवलोकन गरे । बिहान सात बजे भक्तपुर दरबार स्क्वायर पुगेका वाङले आफूलाई सामान्य पर्यटककै रूपमा सांस्कृतिक सम्पदाको अवलोकन गर्ने मौका दिन आग्रह गरे  । 

उनले दरबार स्क्वायर, न्यातपोल मन्दिर, ५५ झ्याले दरबार, दत्तात्रय मन्दिर, भैरव मन्दिरलगायत क्षेत्रको अवलोकन गरे । विदेशमन्त्री वाङले स्थानीय सम्पदा क्षेत्रको अवलोकनका क्रममा आफैँले सेल्फी लिए । भ्रमणमा सहभागी एक सुरक्षा अधिकारीले वाङको भनाइ उद्धृत गर्दै भने, ‘मलाई सामान्य पर्यटकजस्तै यहाँका सम्पदा घुम्न दिनुस्, मेरो फोटो पनि खिच्नुपर्दैन ।’

चिनियाँ विदेशमन्त्री वाङ यीको आग्रहअनुसार नै भक्तपुर क्षेत्र अवलोकन भ्रमण गरेको तस्बिर नखिच्न पत्रकारलाई सुरक्षाकर्मीहरूले आग्रह गरेका थिए । विदेशमन्त्री वाङको भनाइ उद्धृत गर्दै एक सुरक्षा अधिकारीले भने, ‘मलाई सामान्य पर्यटकजस्तै गरी भक्तपुर घुम्न दिनुस् । मेरो फोटो खिच्नुपर्दैन ।’