मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ २५ बुधबार ०७:०१:००
Read Time : < 1 मिनेट
समाचार

खोलाको कजवे पुरिँदा जोखिमपूर्ण यात्रा

Read Time : < 1 मिनेट
२०७६ भदौ २५ बुधबार ०७:०१:००

राप्ती राजमार्गअन्तर्गत मुसीकोट नगरपालिका–११ स्थित पितिवाङ खोलाको कजवे पुरिँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परिरहेको छ ।  पितिवाङ खोलामा आवतजावत गर्न समस्या भएपछि कजवे निर्माण गरिएको थियो । तर, वर्षासँगै खोलामा पानीको बहाव बढेपछि समस्या भएको हो । बाढीले कजवे परिएको र बाढीमै वारपार गर्नुपरिरहेको स्थानीय बासिन्दाले बताए । होचो र छोटो कजवे निर्माण गरिएकाले थोरै बाढी आउँदा पनि पुरिएको स्थानीय बासिन्दाको भनाइ छ । 

कजवेमा राखिएका ह्युमपाइप भरिएका छन् । पानीको सहत कजवेभन्दा माथिबाट बग्न थालेको छ । दुईपांग्रे सवारीसाधनलाई स्थानीय युवाले वारपार गर्न सघाउने गरेको भए पनि ठूला सवारीसाधन तार्न नसकिने गरेको स्थानीय विनोद केसीले बताए । ‘कजवे निर्माण गरिएपछि खोला वारपार गर्न सजिलो भएको थियो । बाढी आएपछि फेरि समस्या भएको छ, खोला तर्न सक्ने अवस्था छैन,’ उनले भने । 

कजवे दीर्घकालीन नभएर वैकल्पिक उपायका रूपमा निर्माण गरिएको सडक डिभिजन कार्यालयका प्रमुख नरेन्द्र भट्टले बताए । अब त्यो ठाउँमा पुल बन्ने उनले बताए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भइसकेको पनि उनले बताए ।