१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १९:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

संस्कृतिविद् जोशीकाे तस्वीर अंकित २५ सयकाे सिक्का सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १९:२१:००

नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित सय, हजार र २५ सय दरका सिक्का सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा जोशीको जन्म शताब्दीको अवसर पारी ती सिक्का सार्वजनिक गरेका हुन् । 

नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधि प्राप्त गरेका जाेशीले विगत चार दशकदेखि विभिन्न नेपाली नोटमा अंकित चित्रहरुको सांगोपाँगो अध्ययन गरी राष्ट्र बैंकलाई दिँदै आएका थिए । साेही सुझावको कदर स्वरुप राष्ट्र बैंकले उनको तस्वीर अंकित सिक्का सार्वजनिक गरेको हो ।

अर्थमन्त्री खतिवडाले बैंकको शुद्धीकरणमा जाेशीले पुर्याएकाे योगदानको कदर गरी राष्ट्र बैंकले उनको तस्वीर अंकित सिक्का सार्वजनिक गरेको स्पष्ट पारे । ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्वीर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो ।